Latest Updates :

गायिका आस्था राउत प्रकरण बारे के भन्छन् सर्वसाधारण ? (हेर्नुहोस भिडियो)

केहि दिन अघि एयरपोर्टमा चेकजाँच गर्ने क्रममा आस्था राउत र महिला प्रहरी संग परेको विवादले अहिले सामाजिक संजाल तत्ताएको छ । आस्था राउत विरुद्ध प्रहरीले ‘अभद्र व्यवहार’ विरुद्धको मुद्दा दर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ आस्थाको सुरक्षा जाँच गरेकी प्रहरी जवान रमिशा श्रेष्ठको प्रहरी प्रतिवेदनको आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।गायिका आस्था राउत प्रकरण बारे के भन्छन् सर्वसाधारण ? हेर्नुहोस भिडियो:

कोठामा श्रीकृष्णको तस्विर सजाउन दिनेसँग मात्रै विवाह गर्छुः श्वेता खड्का

अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो ।

त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन् । श्वेतासँग उनको अबको जीवनबारे नयाँ पत्रिकाका नवीन प्यासीले सोधखोज गरेका छन्ः–

तपाईंसँग अझै लामो जीवन बाँकी छ । अबको यात्रा कसरी गर्नुहुन्छ ?

म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ । उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? श्रीकृष्ण श्रेष्ठसँग विवाह हुन्छ भनेर पनि थाहा थिएन नि । एक महिनामा फिक्स भएर विवाह भयो । इन्टरकास्ट, उमेरको ग्यापलगायत हरेक कुराले हाम्रो विवाह नहुनुपथ्र्यो । तर, भयो । भोलिको कुरा कसलाई के थाहा ?

हिजोको जीवन त सकियो । अबको दिनमा त नयाँ सपना र सोच चाहियो नि, होइन ?

पहिलाको श्वेता त उहाँले छाडेर गएको दिन नै जलेर मरिसकी । म अर्को श्वेता जन्मेकी हो । अहिले नयाँ जे पनि सोच्न सक्छु । मेरो जीवनमा जे पनि हुन सक्छ । पहिलाको जिन्दगीको त्यो गाडी, त्यो लुकिङ मिरर हेर्न छाडिसकेँ, जुन बाटोमा मेरा पछाडिका घटना देखिन्छन् । त्यही भएर म फ्रेस श्वेता हो । मैले फिल्म पनि बनाएँ र दर्शकको मन जितेँ । बस्ती पनि बनाउँदै छु । जे गर्दै छु, नयाँ गर्दै छु ।

यदि भोलि विवाह भइहाल्यो भने श्रीकृष्ण श्रेष्ठलाई बिर्सनुहुन्छ ?

यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । उहाँ मेरो विगत हो । मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग विवाह हुँदैन । मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु ।

बुवाको निधन भएको ४ बर्ष सम्म मृ’तक बुवाको नाममा पठाइन म्यासेज, तर ४ बर्ष पछि बुवाको मोबाइल बाट यस्तो म्यासेज आयो जस्ले उनि चकित परिन !

आफ्नो बुवा आमाको निधनको शोक कहाँ सजिलै बिर्सिन सकिन्छ र ? अमेरिकाको अर्कान्ससमा बस्ने एकजना युवतीलाई पनि बुवाको निधनको शोकले लगातार ४ वर्षसम्म पिरोलिरह्यो । धेरैलाई अनौठो लाग्न सक्दछ, तर उनले मृ तक बुवाको यादमा बुवाको मोबाइल नम्बरमा हरेक दिन एउटा मेसेज पठाइरहिन् । पूरै ४ वर्षसम्म उनले मृ तक बुवाको मोबाइल नम्बरमा मेसेज पठाइन् । एकदिन अचानक उक्त मोबाइल नम्बरबाट उनलाई जवाफी मेसेज आयो । मृ तक बुवाको मोबाइल नम्बरवान मेसेज ? उनी अवाक् नहुने कुरै थिएन ।

गत अक्टोबर २४ का दिन २३ वर्षीया च्यास्टटी प्याटरसनका बुवाको चौथो वार्षिकी थियो । हरेक दिनजस्तै उनले उक्त दिन पनि आफ्ना स्वर्गीय पिताको मोबाइलमा सन्देश पठाइन् । उनले लेखिन्, ‘हेल्लो बुवा, म छोरी हुँ । आजको दिन फेरि निकै मुस्किल हुनेवाला छ । तपाईंलाई गुमाएको चार वर्ष भयो । तर तपाईंको सम्झना नआएको कुनै दिन छैन । मलाई माफ गर्नुहोस्, तपाईंलाई जब मेरो सबैभन्दा धेरै जरुरत थियो, म तपाईंसँग थिइन ।’यस्तै यस्तै लामो मेसेज उनले मृ तक बुवाको मोबाइल नम्बरमा पठाइन् । उनले आफूले ग्राजुएसन गरेको तथा क्यान्सर पनि निको भएको कुरा समेत उल्लेख गरिन् । मृ तक बुवालाई मेसेज पठाउने उनको दैनिकी थियो ।

निधन भैसकेका बुवाबाट जवाफ आउने कुनै अपेक्षा तथा सम्भावना पनि थिएन । तर, त्यसदिन भने चमत्कार नै भयो । उनले बुवालाई मेसेज पठाएको नम्बरबाट उनको मेसेजको जवाफ पो आयो । उक्त जवाफी मेसेज निकै आश्चर्यजनक र मार्मिक थियो । जवाफमा लेखिएको थियो, ‘हे प्यारी, म तिम्रो बुवा होइन । तर तिमीले चार वर्षदेखि पठाएका सबै मेसेज मैले प्राप्त गरेको छु । मेरो नाम ब्राड हो र सन् २०१४ मा भएको एक कार दुर्घटनामा मैले मेरी छोरी गुमाएको थिएँ । तिमीले पठाएका सन्देशले म बाँचेको छु । जब तिमी मेसेज गर्दछौं मलाई लाग्दछ यो भगवानले पठाएको सन्देश हो ।’

अगाडि लेखिएको थियो, ‘मैले वर्षौँदेखि तिम्रा मेसेज पढिरहेको छु । तिमी अगाडि बढिरहेको देखेको छु । तिम्रा मेसेजको सुरुमै जवाफ दिन चाहन्थेँ तर मैले तिम्रो मन दुखाउन चाहन्नथेँ । तिमी एक असाधारण छोरी हौं र मलाई विश्वास छ मेरी छोरी आज जिवित हुँदिहुन् त तिमीजस्तै हुने थिइन् । हरेक दिनको अपडेटका लागि तिमीलाई धन्यवाद ।’

यो अद्भुत तथा आश्चर्यजक घटनाका बारेमा चेस्टटीले आफ्नो फेसबुकमा शेयर गरेकी छिन् । उनले आफूले बुवालाई पठाएको मेसेज र उताबाट प्राप्त जवाफको स्कृनशटसमेत पोष्ट गरेकी छिन् । २५ अक्टोबरमा गरिएको यो पोष्टलाई अहिलेसम्म लाखौँले शेयर गरिसकेका छन् । धेरैजना भावुक भएका छन् र ती युवतीलाई अगाडि बढ्न शुभकामना दिएका छन् ।

तनहुमा आईन थरथरी कमाउदै माता !यस्तो रहेछ चितुवाले मान्छे खा-नुको कारण | किन गरीन माताले यस्तो ?

तनहुमा आईन थरथरी कमाउदै माता !यस्तो रहेछ चितुवाले मान्छे खा-नुको कारण | किन गरीन माताले यस्तो ?

आँचलको बिहे उदितसँग यसरी सम्भव भयो !! बिहेमा पल शाहलाई पनि बोलाउने (भिडियो)

अभिनेत्री नायिका आँचल शर्मा प्रेमी उदित श्रेष्ठसँग यही साल बिहे गर्दैछिन् ।एक बर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले चाडै विवाहको नाम दिने तयारीमा रहेका छन्। सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया पाईरहेकी आंचल उदिपको आगमनले आफ्नो जीवनमा सर्वाधिक खुशीको पल रहेको बताउछिन्।

नायक तथा मोडल पल शाहसँग आँलको प्रेम चर्चा थियो । उनले स्क्रिन सेयर गरेर गर्दै ‘नाईं नभन्नु ल ४’ मार्फत रजतपटमा डेव्यु गरेकी थिइन् । तर आँचल पललाई साथी मात्रैमा सिमित राख्दै आएकी छिन् । पललाई बिहेमा पनि बोलाउने आँचलले बताइन् । भिडियो:

अघोरी बाबाका श्रीमती शारदा पाण्डेकी सौतेनी आइन मिडियामा, भन्छिन्- ‘शारदा र उनका पहिलो श्रीमान बाबुराम एक नम्बरका दलाल हुन्’

काठमाडौं, १८ कात्तिक । अघोरी बाबाको नामले परिचित एक व्यक्ति निकै अगाडीदेखि सामाजिक संजालमा भाइरल बनेका थिए । आफुलाई अघोरी बाबा भन्दै साधुको भेषमा सुन्दरीजलको घाटमा बसोबासले गर्ने ती व्यक्तिले केही महिनाअघि शारदा पाण्डे नामको महिलासँग विवाह गरेपछि झनै उनि भाइरल मात्रै बनेनन् विवादित समेत बने । उनको विवाहलाई कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएका थिए । अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित गराउने कुरा बाहिरिएको छ ।

अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकी मिना (नाम परिवर्तन) अहिले मिडियामा आएकी छिन् । एक महिला जो आफ्नो परिचय लुकाउन चाहन्छिन् उनी पनि सारदाको कर्तुत सहित मिडियामा आएकी थिईन् ।

मृत्यु हुनेको सङ्ख्या १७ पुग्याे : यसरी भयको थियो सुकुटे Bus Accident Nepal अपडेट

मृत्यु हुनेको सङ्ख्या १७ पुग्याे : यसरी भयको थियो सुकुटे Bus Accident Nepal अपडेट

bbc

popunder

Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv