Latest Updates :

उत्तर कोरियाली नेता किमको हत्या गर्ने सोलको गोप्य योजनाको खुलासा


SHARE THIS POST :
प्रकाशित मिति: आइतवार, अशोज ९, २०७३

सोल–दक्षिण कोरियाका रक्षमन्त्री हान मिन कूले सोलसँग उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको हत्याको गोप्य योजना रहेको बताएका छन्। उनले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै दक्षिण कोरियाको सुरक्षामा खतरा भयो भने उत्तर कोरियाको सर्वोच्च नेता उनको हत्याको गोप्य योजना रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

‘उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्न दक्षिण कोरियाली सेनाको एक विशेष युनिट गठन गर्ने विषयमासमेत छलफल भइरहेको छ,’ उनले भने,‘हाम्रो मुलुकको सुरक्षामा खतरा महशुस भयो भने हामीसँग किमको हत्या गर्ने गोप्य योजना छ।’ तर आफ्नो मुलुकको सम्प्रभुतामा खतरा हुने देखिएमात्र गोप्य योजना अनुसार किमको हत्या गरिने उनको भनाइ छ। उत्तरले फेरि परमाणु परिक्षण गरे त्यसलाई रोक्नसक्ने दक्षिण योजनासँग क्षमता रहेकोसमेत रक्षामन्त्रीले दाबी गरे।

यसैबीच उत्तर कोरियाली विदेश मन्त्री री योङले अमेरिकाले आफ्नो मुलुकमा सुरक्षा खतरामा पारे जे पनि गर्न सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदै मन्त्री रीले भने,‘ हामीसँग परमाणु बमको क्षमता बढाउनु बाहेक अन्य कुनै विकल्प छैन।’आफ्नो मुलुकको भौगोलिक अखण्डताको रक्षा गर्ने उद्देश्यलेमात्र परमाणु बमको विकास गरिएको उनको भनाइ थियो। उत्तर कोरियाले दक्षिण कोरियाका रक्षा मन्त्रीलाई मार्ने धम्की दिएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv