Latest Updates :

कर छल्ने मदिरा तथा सुर्ती उद्योग परे कारबाहीमा...


SHARE THIS POST :

रुपन्देही –
 आन्तरिक राजस्व कार्यालय भैरहवाले कर छली गर्ने व्यवसायीलाई कारबाही थालेको छ । कार्यालयले कानुन विपरीत काम गर्ने र राजस्व छली गर्ने जिल्लाका मदिरा तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग तथा बिक्री वितरण गर्ने व्यवसायीलाई कारबाही थालेको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत महाराज कोइरालाका अनुसार मदिरा बिक्री गर्ने ४८ व्यवसायीको अनुगमन गर्दा १२ व्यवसायीले बिनाइजाजत कारोबार गरेको पाइएको छ । अवैध मदिरा बरामद गर्ने क्रममा पाँच करदातालाई कारबाही गरी २३२ कार्टुन ७० युपी शक्तिको मदिरा जफत गरी ३६ लाख ६९ हजार रुपैयाँ अन्तःशुल्क र एक लाख ५१ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर असुल गरिएको छ ।
केही समयअघि चिल्हिया गाविसमा रहेको किसान डिस्टिलरीले अन्तःशुल्क स्टिकर नभएका मदिरा बजारमा पठाउन लाग्दा गाडीसहित नियन्त्रणमा लिएर छानबिन समेत थालेको थियो । सो गाडी अहिले लिलामीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी सुर्तीजन्य पदार्थको कारोबारको अनुगमन गर्दा सात करदाता कारबाहीमा परेका छन् । उनीहरुबाट १५ बोरा गुट्खा जफत गरिएको छ । यस्तै स्वास्थ्य तथा शिक्षा सम्बद्ध संस्थामध्ये ३२ करदाताको कारोबारस्थलमा गई स्वास्थ्य सेवा कर तथा शिक्षा सेवा शुल्कको अनुगमन तथा कारबाही गरी ८७ हजार रुपैयाँ जरिवाना तिर्न लगाइएको कार्यालयका सूचना अधिकृत धनीश्वर अर्यालले जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालयका अनुसार मदिरा उद्योगबाट चालु आवको जेठसम्म चार अर्ब ७७ करोड ९७ लाख रुपैयाँ अन्तःशुल्क उठाइएको छ । पर्याप्त जनशक्ति नहुँदा कर असुलीमा समस्या आएको प्रमुख कोइरालाले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv