Latest Updates :

क्रिष्टियानो रोनाल्डो भर्सेस ग्यारेथ बेल..


SHARE THIS POST :

सेमिफाइनलमा आज राति पौने १ बजे पोर्चुगल र वेल्स आमने सामने हुँदा मूख्यतः यसलाई स्पेनिस जायन्ट रियल म्याडि्रडका दुई स्टारहरुबीचको भिडन्तको रुपमा बुझ्नेहरु धेरै छन् ।

पोर्चुगिज टोलीको कप्तानी गरिरहेका रोनाल्डो र वेल्सका सुपरस्टार ग्यारेथ बेलको प्रेरणादायी प्रदर्शनले यी टोलीहरुले यहाँसम्मको यात्रा तय गरेका हुन् । निश्चित रुपमा आजको खेल रोनाल्डो भर्सेस बेल नै हो । यी दुईको प्रदर्शनले नै आआनिश्चित रुपमा आजको खेल रोनाल्डो भर्सेस बेल नै हो । यी दुईको प्रदर्शनको आधारमा नै आआˆनो टोलीको भविश्य निर्धारण हुनेछ ।

समूहका सुरुवाती दुई खेलका अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि ओलोचित बनेका रोनाल्डोले अन्तिम खेलमा हंगेरीबिरुद्धको ३-३ को बराबरी खेल्दा उत्कृष्ट दुई गोल र एक असिष्ट गरेका थिए । त्यसयताका पि्र-क्वाटरफाइनल र क्वाटरफाइनलमा उनले गोल गर्न नसकेपनि उनको प्रेरणामा टोलीको प्रदर्शन उत्कृष्ट थियो ।

यता ग्यारेथ बेल भने वेल्सका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । जारी प्रतियोगिताका यसअघिका खेलहरुमा वेल्सको जितमा कुनै न कुनै रुपमा बेलको योगदान छ । रियल मडि्रडका स्टार यी खेलाडीले समूह चरणका २ खेलमा ३ गाले गरेका थिए । नकआउट चरणमा गोल गर्न नसकेपनि उनले बेल्सका लागि मुख्य खेलाडीको रुपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

पहिलो पटक ठूला प्रतियोगिताको सेमिफाइनलमा पुगेर इतिहाँस बनाएको वेल्स सन् २००४ को फाइनलिष्ट पोर्चुगलसँग भिड्न लागेको हो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv