काठमाडौं, असार २६ -
त्रिभुवन विश्वविद्यालयका शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको नाटक मात्र गरेको र आफूलाई बेकुफ बनाउन खोजेको आरोप लगाउनुभएको छ । मेडिकल शिक्षामा सुधारको माग राखी आठौं पटक आमरण अनसनमा बस्न लागेका केसीलाई प्रधानमन्त्री ओलीले वार्तामा बोलाउनु भएको छ । घोषित अनसन सुरु हुनुभन्दा एक घन्टा अघि प्रधानमन्त्री ओलीले वार्तामा बोलाउनुभएको हो ।
प्रधानमन्त्रीसँगको वार्तामा केसीले आफ्ना प्रतिनिधिलाई पठाउनु भएको छ । शक्ति सञ्चय गर्न वार्तामा गइँन प्रधानमन्त्रीले बोलाएको वार्तामा किन नजानु भएको भन्ने उज्यालो अनलाइनको प्रश्नमा केसीले आफू शक्ति सञ्चय गर्नका लागि वार्तामा नगएको बताउनुभयो । ‘वार्तामा प्रधानमन्त्रीबाट के आश्वासन आउँछ भन्ने मलाई अनुमान छ, त्यो आश्वासनले मेरो अनसन रोकिँदैन’ केसीले भन्नुभयो ‘त्यहिँ भएर अनसनका लागि शक्ति सञ्चय गर्न म बालुवाटार नगएको हुँ ।’ उहाँले प्रधानमन्त्रीको वार्तामा आफ्ना प्रतिनिधि गएको र त्यो वार्ता नसकिँदासम्म आफूले पर्खने पनि बताउनुभयो । केसीले आज आइतबार ३ बजेदेखि शिक्षण अस्पताल महाराजगञ्जमा आमरण अनसन बस्ने घोषणा यसअघि नै गर्नुभएको थियो ।
Post a Comment