इतिहास रच्दै यूरोकप २०१६ को विजेता पोर्चुगल, फ्रान्स १ – ० ले पराजित इतिहास रच्दै यूरोकप २०१६ को विजेता पोर्चुगल, फ्रान्स १ – ० ले पराजित/पोर्चुगललाई युरोकप २०१६ को उपाधि ,फरवार्ड एइडरको लोभलाग्दो गोलले फ्रान्स स्तब्ध
स्तब्ध पार्दै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको छ ।
सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो ।
तर, एइडरको गोलको मदतमा घरेलु टालीलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो । उसका जितमा १०९ औं मिनेटमा एइडरले निकै लोभलाग्दो गोल गरेका थिए ।
त्यसको कही अघि मात्र पोर्चुगलका ग्यारेरोको फ्रिकिक पनि बारमा लोगर फर्किएको थियो । निर्धारित समयमा पनि गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । यता घरेलु मैदानमा खेलेको फ्रान्स आफ्नै घरमा पराजित भएको छ । हजारौ फ्रान्सेली समर्थकलाई निरास पार्दै उसले आफ्नो खेललाई उत्कृष्ट सावित गर्न सकेन । खेलको विभिन्न समयमा पाएको महत्वपुर्ण अवसरहरुको सदुपयोग गर्न फ्रान्स चुकिरह्यो ।
खेलमा फ्रान्सले खेलमा केही सुन्दर मौका खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी ग्रिजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोके भने गेनियाकको प्रहार पोष्टमा लागेको थियो ।
२००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।
एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ ।

Post a Comment