कालोबाजारी गर्ने २ पेट्रोल पम्पमा सिलबन्दी..
अभिमनु पटेल, रौतहट २८ असार ।
धेरै दिन देखि जनतालाई ठगि गर्दैई आएको रौतहट गा.वि.स सरमुजवा ८ बंकुल बजारमा २ पेट्रोल पम्पमा सोमवारका दिन सिलबन्दी गरेको छ ।
प्रविण आयल स्टोर्समा अषाढ २१ गतेका दिन खेतजोतनका लागि ट्याक्टरमा डिजल लिने बेलामा लिटरले नापदा ५ लि।डिजलमा २.५० ग्राम कमी पाउँदा र जनतालाई खुल्याम ठगि गरिरहेका पेट्रोल पम्प माथि सरमुजवा ८ का ट्याक्टर साउ भागेश्वर यादवले प्रहरी चौकी बंकुलमा निवेदन दिई छानबिन गराउन माग गरेपछि स्थानीयहरुले त्यही ठाउँमा रहेको अर्को पेट्रोल पम्प ओम आयल ट्रेड कन्सर्नलाई पनि नापतौल चेकगराउन भनेपछि प्रहरीले चेकजाँच गर्दा ५ लि. पेट्रोलमा १.५० ग्राम कमी, डिजलमा १०० ग्राम कमी पुष्टि भएपछि त्यहाँका स्थानीय जनताहरुले आक्रोशित भई पम्प लाई बन्द गराउन जिल्ला प्रशासन कार्यालय रौतहट सम्म माग राखेर पम्पलाई बन्द गराएको थियोे ।
कालोबजारी गर्ने दुबै पम्प लाई सिलबन्दी गर्न सोमबारका दिन बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालयको निर्देशनमा जि.प्र.का प्र.ह.भरत यादव, प्र.चौ.बंकुल प्र.स.नि शिवशंकर शर्मा, स.सु. बे.क्याम्प सरमुजवा प्र.नि केदार प्र. दाहालको संयुक्त टोली मिली गाविस सचिव, पत्रकार, स्थानीय बुद्धिजीवीहरुको रोहबरमा सिलबन्दी गरेको छ । सिलबन्दी गरि कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
कालोबाजारी गर्ने प्रविण आयाल स्टोर्स, ओम आयाल ट्रेड कन्सर्न सरमुजवा ८ को बारेमा प्रमुख जिल्ला अधिकारी नरहरि बरालले आज जि.प्र.का., नापतौल र साना तथा घरेलु कार्यालयका प्रतिनिधि छानबिन गर्न जानेछ बताए ।
जिल्लामा रहेका सबै पेट्रोल पम्पहरूमा अनुगमन गर्न तयारी गरेको छु कालोबाजारी गर्ने कसैको पम्प भेला पर्यो भने सिधै कारवाही र सिलबन्दी गर्न बताउनु भएको छ । बंकुल पेट्रोल पम्प लाई सिलबन्दी गर्न धेरै जरुरी भएकोले हिजो मात्र प्रहरी लाई पठाई सिलबन्दी गराएको छ ।
निवेदन भागेश्वर यादवले यो दुवै बंकुल बजारमा रहेको पेट्रोल पम्पले लाखौं लाख रुपैया पम्पको आडमा अनिमियता गरि खुल्या ठगि गरिएको छ । जनताले पम्पमा तेल लिन हतारमा आएर कमै तेल लिएर हिडिदिने तर जनताको विस्वास माथि धोखा दिने पम्प यहाँ चाहिदैन यादवले बताएका छन् ।
प्रविण आयात स्टोर्स र ओम आयाल ट्रेड कन्सर्नले पम्पमा धेरै पुरानो मसिन राखि यहाँका स्थानीय जनता लाई अन्धकारमा राखेर कालोबजारी गर्दैछ ।यस्ता काम गर्ने लाई सरकार अलि गम्भीर भई प्रक्रिया पढाउन समेत यादवले अनुरोध गरेका छन् ।
Post a Comment