Latest Updates :

राम्रो काम गर्दा गर्दै ढलेको ओली सरकार पछिको राजनीतिक खिचातानी देखेपछि नेपाली सेनाले मुख खोल्यो


SHARE THIS POST :

काठमाडौं १० साउन। नेपाली सेनाले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई आफूले सुक्ष्म ढंगबाट नियालिरहेको बताएको छ । सरकार परिवर्तनको तयारी भइरहेका बेला सेनाको यस्तो वक्तव्य आएको हो ।


साथै कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्ने उसले बताएको छ ।

अष्ट ‘ज’ अभियानको गमला हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि सेना प्रतिबद्ध रहेको बताए ।
सेनासंविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको समेत उनले बताए ।

विपद व्यवस्थापन, पर्यावरण सुरक्षा, राष्ट्रिय विकासको क्षेत्र तथा अन्तर्राष्ट्रिय शान्ति स्थिरताको क्षेत्रमा छुट्टै पहिचानका साथ दृढतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उनले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv