साउन-६,
जापन एउटा विकसित देस हो । स्वभाबैले विकसीत देसमा महिलाहरुको सामाजिक एवं आर्थिक स्थिति अन्य अन्य देसको तुलनामा सुदृढ हुनु पर्ने हो र धेरै ठांउमा हुन्छ पनि । तर पछिल्लो समयमा सरकारले चाइल्ड पोर्नोग्राफीलाई प्रतिबन्ध लागाउने कानुन पारित गरेको छ ।
नेपाललगायतका तेस्रो मुलुकको दृष्टिबाट जापानलाई हेर्दा आर्थिक विकासको चरमावस्थामा भने उक्त मुलुकका बालबालिका तथा महिलाको अवस्था लोभलाग्दो हुनुपर्ने हो । तर जापान सरकारले चाइल्ड पोर्नोग्राफीलाई अवैध मान्ने कानुन बनाएबाट त्यहाँ किशोरी एवम् महिलाको अवस्था कस्तो रहेछ भन्ने कुरा उजागर भएको छ ।
यतिबेला साठी लाखभन्दा बढीले युटुबमा हेरिसकेका डकुमेन्ट्री स्कुल गल्र्स फर सेल इन जापानले पनि जापानजस्तो विकसित मुलुकका टिनएजर युवती सडकमा पुरुष ग्राहकको खोजीमा कसरी भौतारिदा रहेछन् भन्ने प्रस्ट्याएको छ ।
साधरणतया यस्ता युवतीले सँगसँगै हिंड्ने, क्याफेमा बसेर कुराकानी गरिदिने तथा फुड एवम् ड्रिङकस पस्किदिने सेवा प्रदान गर्छन् । तर उक्त डकुमेन्ट्रीका अनुसार यस्ता युवतीले डेटिङ मात्र नभई यौन संबन्ध सर्भिसको समेत अफर गर्दछन् ।
जापनि महिला र स्कुल उमेरका युवतीहरुलाई बिषेस अनुसान्धानको केन्द्र बनाएर तयार पारीएको उक्त डकुमेन्ट्री अहिले निक्कै चर्चित बनेको छ
Post a Comment