Latest Updates :

सप्तकोसीमा बाढीको बहाव बढ्यो, २५ ढोका खोलियो..


SHARE THIS POST :

प्रकाशित मिति: बिहिबार, साउन ६, २०७३
६ साउन, इटहरी । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । बहाव बढेसँगै कोसी ब्यारेजका २५ वटा ढोका खोलिएको छ ।

बिहीबार बिहान ७ बजे कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन गरिएको थियो ।

नदीमा बाढीको बहाव बुधबार साँझदेखि नै निरन्तर बढिरहेको थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् ।

यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी २ लाख ३५ हजार क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन गरिएको थियो । सो दिन कोसी ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv