अवैध सम्बन्धबाट जन्मिएको बच्चा गाडेको आरोपमा दुई जना पक्राउ..
रोल्पा, साउन १४ –
जिल्ला प्रहरी कार्यालय रोल्पाले अवैध बच्चा जन्माएर गाडेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जंकोट–७ दमाकुरकी ३० वर्षे दलसरी डांगी र जंकोट–३ तल्लो जंकोटका ३९ वर्षे सुकविर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
दलसरीकी सासु झुलमती डांगीले प्रहरीमा उजुरी गरेको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । गत असार २९ गते अवैध बच्चा जन्माएर फालेको उजुरी आएपछि प्रहरीले खोजबिन गर्दा घर नजिकै नुनथला भन्ने स्थानमा गाडेको बच्चा फेला परेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध जिल्ला अदालतमा ज्यान मास्ने मुद्दा परेको छ ।
Post a Comment