Latest Updates :

पाल्पामा राजगोमन सर्पको संरक्षणमा जोड


SHARE THIS POST :

साउन १४, पाल्पा-
लोपोन्मुख राजगोमन सर्प संरक्षण गर्न अर्गली गाविसका स्थानीयबासिन्दा सक्रिय भएका छन् ।हिमालयन प्रकृतिका अनुसन्धानकर्ता कुलबहादुर थापाको नेतृत्वमा राजगोमान सर्पको संरक्षणका लागि स्थानीयबासिन्दा सक्रिय भएका हुन् ।

उनीहरुले यस क्षेत्रलाई सर्प संरक्षण क्षेत्रका रुपमा घोषणा गर्नसमेत माग गरेका छन् । नाग संरक्षणले पर्यावरणलाई सहयोग पुग्ने भएपछि यहाँका स्थानीयले सर्प संरक्षण गर्न थालेका हुन् । सर्प, सर्पको अण्डा, गुँडलाई देखेपछि अब त्यसको संरक्षणका लागि अरुलाई समेत सचेत गराउने उनीहरुको भनाइ छ । ढुङ्गाको नाग पूजा गर्ने तर जीवित नागलाई संरक्षण नगर्ने बानी हटाउनुपर्ने जिल्ला वन कार्यालयका प्रमुख दधिलाल कँडेलले बताए । |अनुसन्धानकर्ता थापाले पाल्पामा नौ वटा राजगोमान सर्प रहेकामा अहिले अर्गलीमा दुई वटा मात्र जीवित रहेको बताए । अर्गलीमा तीन, यम्घामा दुई, पूर्वी पाल्पामा एक र पाल्पा र नवलपरासीको सीमा क्षेत्रमा एक राजगोमान सर्प स्थानीयले मारेका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv