Latest Updates :

बाढीले पुल बगाउँदा ताप्लेजुङमा २२ परिवार जंगलमा फसे भिडियो हेर्नुहोस


SHARE THIS POST :

वर्षासँगै बिहीबार बिहान आएको बाढीले सो क्षेत्रमा आवतजावत गर्ने एक मात्रै पुल बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको हो । चाँैरीगोठ लिएर गएका घुन्साका १५ र फलेका आठ परिवारलाई घर फर्कने उपाय नभएको घुन्साका हिमाली चुङ्दाले बताए । पुल बगाएपछि उनीहरुलाई खाद्यान्न लगायतका आवश्यक सामग्री पु¥याउनसमेत समस्या भएको छ । चुङ्दाका अनुसार घुन्सादेखि कञ्चनजङ्घा हिमालको बेसक्याम्प जाने बाटोको ‘लापुक’ भन्ने स्थानको पुल बाढीले बगाएको छ । सो पुल त्यस क्षेत्रमा आवतजावत गर्ने एक मात्र पुल हो ।निरन्तरको वर्षाका कारण आएको बाढीले बिहीबार बिहान पुल बगाएपछि दिउँसो गाउँलेले गएर बनाउने प्रयास गरेपनि उनीहरुको उपाय लागेन । पुल बनाउन दुवैतर्फ जनशक्ति चाहिने भएकाले समस्या भएको बताइएको छ ।

बाढीका कारण गोठमा गएका २२ परिवारलाई बोलाएर पुल बनाउन सकिए पनि अलपत्र परेकालाई खबर गर्ने कुनै माध्यम नभएकाले समस्या भएको चुङ्दाले बताए । सो क्षेत्रमा मोबाइल फोनसमेत नचल्ने भएकाले समस्या भएको जनाइएको छ ।

चुङ्दाले टेलिफोनमा बताएअनुसार गोठ अहिले रामदाङ, नुप्चुभेल्ली, थाम्दाङ क्षेत्रमा छन् । आलुखेती हुने खम्बाछेनमा खेतीका लागि परिवारका सदस्य गएका छन् ।

एउटा परिवारका दुई/तीनजना गोठमा जाने अरू घरमा बस्ने गरेर परिवारका सदस्य विभाजित भएर बस्ने गरेका छन् । सो खोलामा काठेपुल बनाउन कम्तीमा पनि रु ६ लाखसम्म लाग्ने र त्यो पनि पानी घटेपछि मात्रै सम्भव हुने चुङ्दाले जानकारी दिनुभयो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv