Latest Updates :

असमान सन्धि/सम्झौता खारेज गर्न सुझाव..


SHARE THIS POST :

काठमाडौं –
 नेपाल र भारतबीचमा सन्धि/सम्झौता पुनरावलोकनका विषयमा प्रबुद्ध समूहको बैठकलाई मध्यनजर राख्दै नेपालका विज्ञहरुले नेपाल र भारतका बीचमा भएका असमान सन्धि/सम्झौताहरु खारेजी तथा पुनरावलोकन गर्दै दुवै मुलुकलाई समान हित हुने किसिमका नयाँ सन्धि सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् ।

गत आइतबार राष्ट्रिय सरोकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै इतिहासविद् तथा सीमाविद्हरुले यस्तो धारणा राखेका हुन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल र भारतका बीचमा भएका अधिकांश सन्धि/सम्झौताहरु नेपालको हितमा नरहेकाले त्यस्ता सन्धि/सम्झौता खारेज वा पुनरावलोकनका लागि नेपालले उक्त बैठकमा प्रस्ताव लैजानुपर्ने जनाएका छन् । उनले नेपाल र भारतका बीचमा हाल लगभग तीन प्रतिशत सीमांकनको काम बाँकी रहको भन्दै यसले गर्दा नेपालको सीमामा भारतले अतिक्रमण गरिरहेको जनाए । उनले दुई देशका विज्ञहरु बसेर अन्तर्राष्ट्रिय नक्साअनुसार सीमांकनको काम टुंगाएमा हाल भारतले अतिक्रमण गरेको नेपाली भूभाग नेपालले नै पाउने जनाए ।

सीमाविद् श्रेष्ठले सुगौली सन्धिमा गुमेको नेपाली भूभाग फिर्ता पाउन नेपालले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेमा गुमेको भूमि नेपालकै हुने जनाए । चीनले आफ्नो भूभाग हङकङलाई लामो समयपछि ब्रिटिशबाट फिर्ता लिएको उदाहरण दिँदै उनले नेपालले पनि पहल गरेमा फिर्ता आउने जनाए ।

कार्यक्रममा इतिहासविद् चेतेन्द्रजंग हिमालीले असमान सन्धिका कारण नेपालले भारतबाट पटक–पटक दुःख सहनुपरेको भन्दै यस्ता सन्धि/सम्झौता खारेज गर्नुपर्नेमा जोड दिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले नेपाल–भारतबीचका सीमानालाई व्यवस्थित गर्दै सीमासम्बन्धी नयाँ कानुन बनाउनुपर्ने धारण व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा डा. गोपाल शिवाकोटी, पत्रकार राजेश अहिराज, शिव अधिकारी लगायतले प्रबुद्ध समूहको बैठकमा नेपालले असमान सन्धि÷सम्झौता र सीमा विवादका बारेमा गम्भीर हुन नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने विज्ञहरुलाई सुझाव दिएका थिए । आजको जनधारणा साप्ताहिकमा खबर छ ।

प्रकाशित मिति: बिहिबार, असार २३, २०७३ समय: ६:५१:५१


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv