Latest Updates :

नेइमारसँग सेल्फी खिच्ने लोभमा पक्राउ


SHARE THIS POST :

July 31, 2016
ब्राजिलका स्टार स्ट्राइकर नेइमारलाई भेट्न नक्कली परिचय बनाएका एक समर्थक पक्राउ परेका छन्। ४ दिनपछि रियोमा आयोजना हुने ३१ औं संस्करणको ओलम्पिक पूर्व ब्राजिलियन फुटबल टोली बसेको होटलमा प्रवेश गरेका २१ वर्षीय नेइमारका फ्यानलाई स्थानीय प्रहरीले समातेको हो। नेइमारसँग सेल्फी खिच्ने अभिलासासहित गत विहिवार ब्राजिल फुटबल संघको कर्मचारी भएको नक्कली परिचय पत्र बनाएर ती फ्यान होटल गोयानियामा प्रवेश गरेका थिए।

 शनिवार जापानविरूद्ध मैत्रीपूर्ण खेल खेल्नु पूर्व ब्राजिलको टोली त्यही होटलमा बसेको थियो। पक्राउ परेका नेइमारका समर्थक शारीरिक विज्ञानका विद्यार्थी भएको जनाइएको छ।सुरक्षाको कडा बन्दोबस्त हुँदा हुँदै पनि नेइमारका समर्थक नक्कली परिचय पत्रको मद्धतले होटलभित्र प्रवेश गर्न सफल भएका थिए। नेइमारसँग भेट नहुँदासम्म उनले होटलको बाथरुम र लाउन्ड्री कोठामा लुकेर समय काटेका थिए। उनको गतिविधिमा शंका लागेपछि होटलकै कर्मचारीले प्रहरीलाई टेलिफोन गरेर जानकारी दिएका थिए।

 एफपीलाई प्रहरी अधिकारी भ्लादिमिर पासोसले पक्राउको पुष्टी गर्दै भने– ‘होटलका कर्मचारीले उनको व्यवहार केही अनौठो लागेपछि हामीलाई फोन गरेर जानकारी दिएँ।’ भ्लादिमिरले नेइमार र ब्राजिल टिमलाई भेट्ने उसको योजना भएको जानकारी दिए।भ्लादिमिरले सुरक्षामा चुक हुँदा यो घटना हुन पुगेको तर यसलाई दुरुस्त पारिसकेको बताए। शारीरिक विज्ञानका विद्यार्थीको चर्को विरोधका कारण नेइमारका फ्यानलाई चेतावनी दिएर उसै दिन छाडिएको थियो। रियो ओलम्पिकमा नेइमारलाई ब्राजिल टिमको कप्तानी सुम्पिएको छ। उनी ओलम्पिकमा २३ वर्षका ३ व्यवसायिक खेलाडी खेल्न पाउने नियमको आधारमा ब्राजिल टोलीमा समावेश भएका हुन्। ब्राजिलले ओलम्पिक सुरु हुनुभन्दा एक दिनअगाडि अगष्ट ४ तारिखमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दैछ। समूह ‘ए’ मा रहेको ब्राजिलले डेनमार्क र इराकको पनि सामना गर्दैछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv