कंगनालाई सपोर्ट गर्ने सबैसंग रुष्ट भए ऋतिक रोशन..
पछिल्लो समय ऋतिक रोशन र कंगना रनावतको विवादको चर्चाले निकै नै मिडिया तताउने काम गर्यो। विवाद केही साम्य हुनै लागेको बेला फेरि उनीहरुको विवाद संग जोडिएर विभिन्न चर्चा चल्न थालेको छ। अहिले ऋतिक रोशनको कंगनाको पक्षमा बोल्ने सबै सेलिब्रेटीहरुसँग सम्बन्ध खस्किदै गएको भारतीय मिडियाले जनाएको छ। हालै अभिनेत्रीद्धय प्रियंका चोपडा र बिद्या वालनले कंगनालाई साथ दिएका कारण ऋतिक दुवैसँग रिसाएका छन् । ऋतिकले कंगनाको सपोर्ट गरेको कारण आफु रिसाएको भन्दै प्रियंका चोपडा र बिद्या वालनलाई म्यासेज गरेका थिए।
अहिले ऋतिकको विभिन्न सेलिब्रेटी संगको चित्त दुखाई बढ्दै गएको छ। केहि दिन अघि मात्रै सलमान खानसँग ऋतिकको खटपट परेको खबर आएको थियो । यसका साथै निर्माता करण जोहर र अभिनेता रणवीर सिंहसँग पनि ऋतिकको सम्बन्ध राम्रो चलिरहेको छैन्।करणले सहयोग गर्नुपर्ने ठाउँमा आफूलाई सहयोग नगरेको भन्दै ऋतिक करणसँग रुष्ठ भएका छन् ।त्यस्तै उनले रणवीरलाई आईफा अवार्डमा क्रममा थर्काएको खबर बाहिर आयो । यति मात्रै नभएर ऋतिकले सलमान खानलाई आईफामा देखेर पनि नदेखे झैं गरेका थिए ।
कंगना संगको विवादका कारण कंगना संग जोडिने हरेक व्यक्तिसंग रुष्ठ हुदै गईरहेका ऋतिकको फिल्मी सम्बन्ध कस्तो रहला यो भने सोच्नै पर्ने देखिन्छ्।

Post a Comment