Latest Updates :

ओलीले राजीनामा दिनु भारतका लागि ‘गुड न्युज’ : भारतीय मिडिया...


SHARE THIS POST :


काठमाडौं। आइतबार संसदमा अविस्वासको प्रस्ताव माथीको छलफलको अन्तिम दिन थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारी समक्ष आफ्नो राजीनामा पेस गरेको सदनमा जानकारी दिएसंगै अब माओवादी केन्द्र अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको लागि बाटो खुला भएको छ।

नेपालको राजनीतिमा आएको उतारचढाव बिच भारतीय मिडियामा भने खुसी दर्शीएको छ। ओली सरकार ढल्नु भारतको लागि गुड न्युज भएको स्वयम् भारतीय मिडियाले लेखेका छन्।


चर्चित भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा, ओली सरकार ढल्नु भारतको लागि गुड न्युज, प्रचण्ड सम्भावित अर्को प्रधानमन्त्री शीर्षकमा समाचार छापिएको छ। घटना चीन र नेपालमाथी चीनको हस्तक्षपलाई झट्का भएको समेत टाइम्स अफ इन्डियाले लेखेको छ।

ओलीले कामचलाउ प्रधानमन्त्रीको लागि राष्ट्रपति समक्ष निकै कोसिस गरेको दाबी गर्दै नेपालमा नजर राख्नेले ओलीको यो प्रयास केवल उनको पार्टीको लागि मात्र होइन नेपालको लागि नै महंगो सावित हुने लेखेको छ।

ओलीमाथी समर्थन घट्नुले थुप्रै कुरा ट्रेस गर्न सकिने लेख्दै टाइम्स अफ इन्डिया लेख्छ। पहिलो, उनको सरकाले मधेशीमाथी गरेको सरसार भेदभाव जसले महिनौँको विरोध र भारत-नेपाल सीमामा नाकाबन्दी निम्त्यायो, दोस्रो, भुकम्प पश्चात पुननिर्माण र पुनर्स्थापना प्रतिको उनको अनिच्छा अथावा अकर्मण्यता र तेस्रो, खुलेर भारतविरोधी राज्य बनाउनको लागि चीनद्वारा प्रत्क्षय कोसिस गराई अति राष्ट्रवादमामा उनको भुमिका रहेको पत्रिकाले लेखेको छ।

संविधानमा भएका कमी सम्वोधन नगरिए नेपालको तराई क्षेत्रमा स्थिति बिग्रने प्रति भारतको डर रहेको लेख्दै टाइम्स अफ इन्डिया लेख्छ अब सम्भावित प्रचण्ड प्रधानमन्त्री बन्ने हुँदा बिग्रेको कुटनीतिक सम्बन्धमा सुधार गर्दै भारतले नयाँ सरकारको लागि पुरा समर्थन दिनेछ।’

चीनले नेपालको राजनीतिमा अश्वभाविक प्रभाव बढाएको पत्रिकाले लेखेको छ। मेमा चीन प्रचण्डको ‘माइन्ड चेन्ज’ गर्नेमा समेत सफल रहेको टाइम्स अफ इन्डियाले लेखेको छ।

नेपाली राजनीतिमा भारतीय प्रभावको पुनरागमन : हिन्दुस्तान टाइम्स

हिन्दुस्तान टाइम्सले पत्रकार प्रशान्त झाको विश्लेषण छापेको छ । पत्रकार प्रशान्त झाको विचारमा ओलीको राजीनामा नेपाली राजनीतिमा भारतीय प्रभावको पुनरागमन हो ।

पत्रकार झाले लेखेका छन् ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको राजीनामाले जातीय विविधता र राजनीतिक रुपले विभाजित देशमा जातीय बहुसंख्यकवाद र अति राष्ट्रवादबिच स्पष्ट सीमा देखाएको छ । यसले तराई र पहाडबिच रहेको ध्रुबिकरण सुल्झाउने बाटो खोलेको छ, जुन ओलीको शासनकालमा थप बलियो भएको थियो ।’

ओलीको राजीनामासँगै नेपालको राजनीतिक परिदृष्यमा भारतको पुनरागमन भएको झाको विचार छ । पत्रकार झाले लेखेका छन् ‘गएको वर्ष केही राजनीतिक उपलब्धी हासिल गर्न नसकेको भारत फेरि नेपालको राजनीतिक परिदृष्यमा फर्किएको छ । यस्तै यसले दक्षिण एसिया विविधत युक्त प्रजातन्त्रमा चीनलाई सुक्ष्म व्यवस्थापन गर्न कठिन रहेको पनि देखाएको छ ।’

ओलीले राजीनामा दिएपनि धेरै कठिनाइ रहेको झाले लेखेका छन् । मधेसी समुदायको चित्त बुझाउने गरी संविधान संशोधन गरेर उनीहरुलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउनु सबैभन्दा ठूलो चुनौती हो ।
झाले लेखेका छन् ‘ओली लामो समयदेखि दिल्लीका हितैसी रहेको तर भारतले पहिले उनीसँग र त्यसपछि प्रचण्डसहितका अरु कम्युनिष्ट नेतासँग सम्बन्ध बनाएको हो । तर ओली वैचारिक रुपमा भने उदार छैनन् । ओलीले नेपालको विविधताको सम्मान गरेनन् । ओलीले देशको भौगोलिक विविधतामा कुनै समस्या देखेनन् । ओली आरक्षणको विपक्षमा थिए । उनले एकजना भारतीय कुटनीतिज्ञसँग भनेको थिए–क्रिकेट टिममा आरक्षण हुन्छ रु कुनै त्यस्तो डाक्टर देख्नुभएको छ जो आरक्षणबाट आएको होस् ?, यस्तो विचरा जातीय तथा भौगोलिक विविधताका कारण उत्पन्न असन्तुष्टी सल्ट्याउन बाधक बन्यो । दिल्लीको सल्लाह मान्नुको साटो ओली बहुसंख्यकवादी बने, जसले अति राष्ट्रवाद जन्मायो । भारतले नेपाललाई सिक्किम वा भुटान जस्तै बनाउन चाहेको रुपमा प्रस्तुत गरियो । ओलीको यो विचार पहाडे रुढिवादीका लागि संगीत सरहभयो ।’

तर इन्डियन एक्सप्रेसले भने यसलाई खासै महत्व दिएको छैन । उसले समाचार त प्रकाशित गरेको छ तर अन्तराष्ट्रिय कोलममा समाचार राखेको छ तर उसले धेरै खोजम’लक ढङ्गले लामो समाचार प्रकाशित गरेको छ ।

त्यस्तै, जागरण समाचारले पनि समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेको छ । उसले प्रधानमन्त्री ओलीले राजीनामा दिँदै गर्दा ‘मेरो असल कर्मको सजाय मिल्यो’ भने भनेर समाचारको शीर्षक चयन गरेको छ ।

एनडिटिभीले नेपाललाई नयाँ दिल्ली भन्दा बेइजिङको नजिक लैजाने ओलीको राजीनामा आएको उल्लेख गरेको छ । नेपालको राजनीतिक परिदृष्य नियालिरहेका भारतीय कुटनीतिज्ञको सफलता ओलीको राजीनामाले पुष्टी गरेको विश्लेषण एनडिटिभीको छ ।

बेइजिङतर्फको झुकाव र नेपाल–भारत सम्बन्ध कमजोर बन्दै जानु ओलीको लोकप्रियताको कारण बनेको उल्लेख छ । ओलीले मधेसी समुदायलाई सहमतिमा ल्याउन भारतको सहयोग प्रयोग गरेको तर झुकाव भने चीनतर्फ बढाएकाले नेपालमा भारतीय प्रभाव कम हुँदै गएको थियो । भौगोलिक रुपले असहज हुँदाहुँदै पनि पेट्रोलसहितका अत्यावश्यक वस्तुको आयात चीनबाट गर्न खोज्नु यसैको एक उदाहरण रहेको एनडिटिभीको विश्लेषण छ ।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि चीनप्रति झुकाव राख्ने भएपनि मधेसीको मुद्दामा भने ओलीसँग असहमत रहेकाले अहिलेको सरकार ढलेर भारतीय प्रभाव पर्न सफल भएको हो ।’ नरेन्द्र मोदीको सरकारले नेपाललाई चीनको नजिक पुर्‍याएको भन्ने भारतीय विपक्षीको आरोपलाई पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले मत्थर पार्ने विश्लेषण छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv