Latest Updates :

शुक्रबार ललितपुरको गोदावरीस्थित टौखेलमा स्कुलसँगै टाँसिएको प्लटिङको पर्खाल ढल्दा ज्यान गुमाएका


SHARE THIS POST :
शुक्रबार ललितपुरको गोदावरीस्थित टौखेलमा स्कुलसँगै टाँसिएको प्लटिङको पर्खाल ढल्दा ज्यान गुमाएका यस्ता दुई कोपिलाको जीवन चुँड्ने कर्मा यीनै हुन् पुरा पढ्नुस खबर


काठमाण्डु, २० असार–
 तस्बिरका बायाँका दुई बालिका अञ्जना पुन र कृपा राई हुन् । दायाँतिरका जग्गा प्लटिङ गर्ने कर्मा लामा । यी दुई बालिका तिनै हुन् जसले शुक्रबार ललितपुरको गोदावरीस्थित टौखेलमा रहेको पुष्पाञ्जलि स्कुलसँगै टाँसिएको प्लटिङको पर्खाल ढल्दा ज्यान गुमाएका थिए । गुण्डागर्दीको भरमा सस्तोमा जग्गा हात पारेर टालटुले निर्माण गर्ने र महंगोमा जमिन बिक्री गर्ने कर्मा लामा अहिले फरार छन् । आफ्नै कुकर्मले कर्मालाई फरार बनाएको हो । कर्माले आफ्नो पेशा र व्यवसायमा बेइमानी गर्दा दुई मासुमले ज्यान गुमाए । पैसाका लागि जे पनि गर्न तयार हुनेहरुलाई अरुको आँशु र पीडाले छुँदैन ।

कृपा र अञ्जनाको परिवार अहिले गहिरो शोकमा छ । अझ अञ्जनाको त बाबुको पहिले नै निधन भएको थियो । उनकी आमाकी एक मात्रै आशा अञ्जना थिइन् । उनलाई पनि पर्खाल ढल्दा किच्यो । अञ्जनाकी आमा बिना अहिले बिल्कुल एक्ली भएकी छन् । कम उमेर भए पनि पढाईमा सधै प्रथम हुने कृपा राई विद्यालयकी प्रतिभाशाली छात्रा थिइन् । यता पुष्पाञ्जलि विद्यालयसँगै प्लटिङ गर्ने कर्मा लामा भने आफूलाई कर्मा घिसिङ भनेर परिचय दिन्थे ।

 फिल्मका हिरोइनहरुसँग फोटो खिचाएर आफूलाई गायक र प्रोड्युसर भएको बताउने गर्थे । भिरालो जमिन किनेर त्यसलाई सम्याउने र कमजोर पर्खाल लगाउने कर्माको कुकर्मले दुई कोपिलाको जीवन चुँडिएको छ । कर्माले लगाएको पर्खाल मापदण्डविपरीत रहेको सरकारी अधिकारीहरुले बताइसकेका छन् । नियमपालना गरेर पर्खाल बनाइदिएको भए आज यी दुई बालिकाले ज्यान गुमाउन पर्दैन थियो । यहि कुकर्मका कारण कर्मा लामा अहिले फरार छन् । पीडित अभिभावक र स्थानीयवासीले कर्मालाई कर्तव्य ज्यान मुद्धामा सजाय दिइनु पर्छ भन्ने माग राखेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv