Latest Updates :

हेर्नुस यसरी भयो तिलाठीमा भारतीयसँग यस्तो झड्प यसकारण बहादुरी मधेसी..


SHARE THIS POST :


सप्तरी ।
बाढीले कोलहाल भएका मधेशीहरु यतिबेला अर्को उपलानाम सहित सोसल मिडियामा भाइरल भइरहेका छन त्यो हो
यतीबेला समाजिक संजाल फेसबुक/टवीटरमा सप्तरीको तिलाठी बहुचर्चित बन्न पुगेको छ । तर कसरी भयो त यो झडप त्यसको खोजी गर्ने जर्मको हामिले गरेका छौं । नेपाल भारतको सीमावर्ती सप्तरी जिल्लाको गाविस तिलाठी नजिकै रहेको दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर विहीबार साँझ दोहोरो झडपमा परी नेपाली पक्षका एक दर्जन सर्वसाधारण घाइते भएका छन् । भारतीय प्रशासनले जबर्जस्ती बाँध बनाउने क्रममा जारी राखेपछि भारत र नेपाल पक्षका बासिन्दा बीच दोहोरो झडपले उग्र रुप लिएपछि नेपाली पक्षका एक दर्जन वासिन्दा घाइते भएका हुन् ।

 भारतीय पक्षबाट ढुङ्गा, लाठी, फट्ठा आदिले प्रहार गर्दा जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य समेत रहेका तिलाठी–४ का ५२ वर्षिय देवनारायण यादव, तिलाठी–१ का १६ वर्षिय हर्षवद्र्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा लगायतका व्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुमध्ये देवनारायण, हर्षवद्र्धन कर्णको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ । अन्य घाइतेको स्थानीय क्लिनिकहरुमा उपचार भइरहेको स्थानीय निरज मुक्तिले जानकारी दिएका छन् ।

दोहोरो झडपले उग्र रुप लिएपछि रातभरी दुबैतर्फ व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त क्षेत्रमा बाँध निर्माण हुन थालेपछि सिमावर्ती क्षेत्रका आधा दर्जन गाविस डुबानमा पर्ने खतरा बढेकोले आफूहरुले निर्माण कार्य तत्काल रोक्नुपर्ने अडान राखेको स्थानीय निरज मुक्तिले जानकारी दिएका छन् । आफूहरुले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि रतिभर पछाडि नहट्ने उनले बताए । गत शनिबार खाँडो नदीमा आएको बाढीमा तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायतका गाविसहरु डुबानका परेको थियो । अत्यधिक पानी थुनिएपछि बाँध भत्किएको थियो ।

 बाँध पुन निर्माणकालागि भारतीय पक्षले शनिबारदेखि नै पहल थाले पनि सप्तरी प्रशासनको प्रतिरोधका कारण निर्माण कार्य रोकिएको थियो । बिहीबार (आज) विहान भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) सिंचाई विभाग अन्तर्गत कुनौली, विहारका साथै स्थानीय बासिन्दाहरु बाँध निर्माणमा जुटेपछि दुवै पक्ष दिनभरी झडप रह्यो ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बाँध तत्काल निर्माण नगर्नकालागि भारतीय उच्च पदाधिकारीहरुसँग कुरा भईसक्दा पनि भारतीय पक्षले नमानेपछि तनाव कायमै रहेको उनले बताए । स्थितिलाई सहज बनाउनकालागि आफूहरु प्रयासरत रहेको उनले जानकारी दिए । यता पूर्व सिंचाई मन्त्री एवम् उक्त क्षेत्रका निर्वा्चित सांसद उमेश कुमार यादवले दशगजा बाँधको विषयमा आफूले भारतका उच्च पदाधिकारी तथा विद्यान सभा सदस्यहरुसँग समेत कुरा गरेको जानकारी दिँदै यो विषयलाई टुङ्गो लगाउन भारतीय राजदूत रञ्जित रे सँग समय लिएर कुरा गरिने बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv