Latest Updates :

फ्रुटी बालबालिकाको स्वास्थ्यको लागि हानिकारक भएकोले नपिउन बालकल्याणको आग्रह..


SHARE THIS POST :


काठमाडौँ, ६ साउन ।
 केन्द्रीय बालकल्याण समितिले बालबालिकालाई गुणस्तरहीन खाद्य तथा पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको छ ।

समितिका कार्यकारी निर्देशक तारक धितालले आज विज्ञप्ति जारी गर्दै केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दुगड फुड्स एन्ड वेभरेज प्रालिद्वारा उत्पादित पेय पदार्थ फ्रुटी अखाद्य भएको पाइएकाले यस्ता अखाद्य पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘फ्रुटीजस्ता गुणस्तरहीन पेय पदार्थले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने भन्दै अभिभावकलाई त्यस्ता पेय पदार्थ प्रयोग गर्न संवेदनशील हुन भनिएको छ ।’

समितिले पेय तथा पदार्थ बालबालिकालाई हानी पुर्‍याउने पदार्थ भए/नभएको यकिन गरेर मात्र प्रयोग गर्न अभिभावकलाई आह्वान गरेको छ । पेय एवम् खाद्य पदार्थ बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकाले उत्पादनकर्तालाई तोकिएको मापदण्ड एवम् गुणस्तरमा ध्यान पुर्‍याइ उपभोक्ताको स्वास्थ्यमा हेलचेक्र्याँइ नगर्न भनिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv