झगडा गरेर खोलामा हाम्फाल्दा बाबुछोरा बेपत्ता....
साउन ५ , चन्द्रौटा –
कपिलबस्तुको भृकुटी नगरपालिका ८ कुमालटोलका बाबुछोरा स्थानीय खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५९ बर्षीय बाबु ताराबहादुर खड्का र २९ बर्षीय छोरा दुष्मन खड्का छन् । मानसिक सन्तुलन गुमेका छोरा दुष्मनले आज बिहानै बाबुसँग झगडा गरेको र त्यसलगत्तै स्थानीय बलवा गुडुर्वा खोलामा हामफालेको प्रत्यक्षदर्शीले बताएका छन् । छोरालाई बचाउन बाबु ताराबहादुरपनि खोलामापसेका थिए । तर बर्षायामको खोलाको भेलले दुवै बाबुछोरालाई बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका असई निर्मल बुढाथोकीले जानकारी दिए । बेपत्ताको खोजिका लागि कालिजंग गणका नेपाली सेना र इप्रका गोरुसिंगेका प्रहरी परिचालन गरिएको छ ।
Post a Comment