Latest Updates :

सरकार छाड्ने निर्णय प्रचण्डको एकलौटी थियो: श्रेष्ठ..


SHARE THIS POST :
"माओवादीले सरकार छाडेको मलाई थाहा छैन"

काठमाडौंः
नेकपा माओवादी केन्द्रका एक वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी सरकारबाट बाहिरिएको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

माओवादी केन्द्रले सरकार छाडेको बारेमा अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै नेता श्रेष्ठले आफू पूर्णत अनभिज्ञ रहेको बताउँदै श्रेष्ठले भने, ‘मैले तपाईंहरुको अनलाइन, एफएम र सर्वसाधारणबाबाट यो कुरा सुनेको हुँ । अन्य विषयमा कुनै जानकारी छैन ।’

उनले माओवादीले सरकार छाड्ने निर्णयबारे आफ्ना केही कुरा रहेको बताउँदै त्यसबारेमा पार्टी केन्द्रमा कुरा राख्ने बताएका छन् ।

श्रेष्ठको यो भनाइले माओवादी केन्द्रले सरकार छाड्ने निर्णय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को एकलौटी निर्णयबाट भएको आकलन गर्न थालिएको छ ।

श्रेष्ठले अनिभज्ञता प्रकट गरिरहँदा माओवादी केन्द्रका अन्य नेताहरुद्ये पनि जानकारी नदिई सरकारबाट हात झिकेको भन्दै आपत्ति नै जनाएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv