Latest Updates :

एक अमेरिकी देशमा महङ्गी १२०० प्रतिशत नजिक ! भरपेट खान नपाएर मानिस भकाभक मर्दै !!


SHARE THIS POST :

काठमाण्डौ ।
 ६ मिस वल्र्ड, ७ मिस युनिभर्सको जन्म भएको निकै राम्रा सुन्दरीहरुको देश भेनेजुएलाको हालत दिनप्रतिदिन खराब बन्दै गइरहेको छ । यो देशमा हिजोआज एउटा अण्डाको मूल्य करिब १५ सय रुपैयाँ पुगेको छ भने करिब २१ हजार रुपैयाँ प्रति लिटरमा दूध बिक्री भइरहेको छ ।

भेनेजुएला त्यस्तो देश हो, जसले विश्वलाई हालसम्म सबैभन्दा बढी ब्यूटी क्वीन दियो । यो देशका युवतीहरुमध्ये हालसम्म ६ जना मिस वल्र्ड, ७ मिस युनिभर्स, ६ मिस इन्टरनेशनल र २ जना मिस अर्थ भइसकेका छन् । तर, ब्यूटी क्वीनहरुको खानी यो देशको दोश्रो र अँध्यारो तस्विर पनि छ । यहाँ एक लिटर दूधको मूल्य २१ हजार रुपैयाँ भन्दा माथि पुगिसकेको छ । यस्तै, एकदर्जन अण्डाको मूल्य समेत १८ हजार रुपैयाँ भन्दा बढी भइसकेको छ । यस्तै, एक केजी आटाको मूल्य २१६० रुपैयाँ पुगेको छ । हालसालै जारी आइएमएफको ताजा रिपोर्टका अनुसार यो देशमा महङ्गी दर १२०० प्रतिशतसम्म पुग्नसक्छ । अब प्रश्न उठ्न सक्छ, यो देशमा त्यस्तो के भयो, जसका कारण यहाँको अर्थतन्त्रमा अत्यासलाग्दो गिरावट देखियो ?

भेनेजुएलामा खाने र पिउने चिज आम मानिसको पहुँच भन्दा निकै पर पुगिसकेको छ । कतिपय मानिसले एक हप्तामा बढीमा ५ पटक मात्र खान पाइरहेका छन् । कतिपय भने महिना दिनदेखि भरपेट खान नपाएर छटपटाइरहेका छन् ।

भेनेजुएलामा जब दूध बोकेको ट्रक आउँछ, तब सो ट्रक कि त भोकाहरुबाट लुटिन्छ वा दूध लिन मानिसको निकै लामो लाइन लाग्छ । यसको अर्थ आम जरुरतको चिज सर्वसाधारणको पहुँच भन्दा निकै पर पुगिसकेको छ ।

भेनेजुएलामा २ वर्षदेखि लागेको खडेरीका कारण कयौं जलाशय सुकिसकेको छ । यसबाट बिजुलीको उत्पादन र आपूर्ति समेत पूर्ण रुपमा रोकिएको छ । यसको सबैभन्दा ठूलो असर हस्पिटलमा देख्न थालिएको छ । कयौं बिरामीले डायलासिसको अभावमा मृत्यु स्वीकारिसकेका छन् । यस अलावा यो देशमा औषधि समेत सकिएको छ ।

यसरी चौपट भयो अर्थतन्त्र
भेनेजुएला विश्वकै सबैभन्दा ठूलो कच्चा तेल रिजर्भ भएको र बढी तेल निर्यात गर्ने देश हो । यहाँको अर्थतन्त्र यति सारो चौपट भएर डूब्नु पछाडिको कारण पनि कच्चा तेल नै हो । तेलकै कारण कुनै बेला देशको अर्थतन्त्रमा उछाल आएको थियो, तर पछिल्लो समय कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै यहाँको अर्थतन्त्रमा पनि तीव्र गतिको गिरावट देखियो, यसले देशको आयमा समेत नराम्रो क्षति पुर्यायो । यसका कारण कम्पनीहरुले ऋण तिर्न सकेनन्, जसका कारण यहाँको मुद्राको मूल्य औधी अवमूल्यन भई यसको सबैभन्दा ठूलो असर महंगीमा पर्यो । यस बाहेक सरकारको गलत रणनीतिका कारण देशमा बेरोजगारी दर ७ प्रतिशत बढेर १७.४४ प्रतिशत पुगिसकेको छ । विश्लेषकहरुका अनुसार अवस्था यही रहिरहे सन् २०१७ सम्ममा यहाँको बेरोजगारी दर २० प्रतिशतमा पुग्नेछ ।

आइएमएफका अनुसार भेनेजुएलामाथि करिब १२००० डलर अर्थात १३ लाख करोड भन्दा बढी ऋण छ । यो वर्ष मात्र हालसम्म यो देशले ७५ हजार करोड रुपैयाँ नयाँ ऋण थपेको छ । यदि आगामी एकवर्षमा कच्चा तेलको मूल्यमा सुधार देखिएन भने यहाँको अवस्था अझ भयावह हुने विश्लेषकहरुले चेतावनी दिएका छन् ।

अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति निकोलस मडूरोले जुन महिनाको पहिलो साता आर्थिक आपतकालीन अवधिलाई थप दुई महिना बढाउने र यो अवधिमा देशको अर्थव्यवस्थालाई संकटको दलदलबाट निकाल्ने घोषणा गरेका थिए । त्यहाँको आधिकारिक राजत्रपमा प्रकाशित राष्ट्रपतिको आदेशमा भनिएको छ कि यसको उद्देश्य आर्थिक संग्राममा भेनेजुएलाको रक्षा गर्ने हो ।

यसभन्दा अघि सन् १९८९ मा भेनेजुएलामा तेलको मूल्यमा निकै ठूलो वृद्धि गरिएको थियो, जतिबेला विश्व बजारमा तेलको मूल्यमा कमी भएपछि धेरै देशमा आर्थिक संकट आएको ििथयो । सरकारको यो फैसलापछि त्यहाँ व्यापक हिंसा भड्किएको थियो, जसमा सयौं मानिस मारिएका थिए । पूर्व राष्ट्रपति ह्यूगो शावेजले आफ्नो कार्यकालको दौरान १४ वर्षसम्म तेलको मूल्यलाई स्थिर पारेका थिए । भेनेजुएला त्यस्तो देश हो, जसको कुल आयको ९५ प्रतिशत आम्दानी कच्चा तेल निर्यातबाट मात्र हुन्छ । तर हाल तेलमा देखिएको मन्दीका कारण भेनेजुएला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ ।




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv