Latest Updates :

एमालेले चित्रबहादुर केसीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने, प्रचण्डसग भिड्ने..


SHARE THIS POST :

काठमाडौं, ११ साउन ।
 प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ । नयाँ परिस्थितिमा अझ नयाँ कुरा आउन लागेको छ– प्रधानमन्त्रीका उम्मेदवारका रुपमा चित्रबहादुर केसीको उपस्थिति ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार कांग्रेस–माओवादी गठवन्धनका प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डका विरुद्ध एमालेले राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई अघि सार्ने सम्भावना रहेको छ ।

उच्च स्रोतका अनुसार आइतबार दिउँसो राजिनामा दिने सम्बन्धमा ओलीले आफ्नो टिममा सामान्य छलफल गरेका थिए । उनले बाधा अड्काउ फुकाउको सिफारिस गरेपछि प्रधानमन्त्रीको चुनाव हुने र त्यस अवस्थामा प्रचण्डलाई समर्थन गर्न नसकिने बताएका थिए ।

ओलीले पराजित हुने भए पनि संसदमा प्रतिपक्षी समूहको उपस्थितिका लागि प्रधानमन्त्री पदमा उम्मेदवारी दिनै पर्ने र त्यस अवस्थाका लागि चित्रबहादुर केसी उपयुक्त हुने बताएको बुझिन्छ । तर, ओलीले यस्तो प्रस्ताव गर्दा चित्रबहादुर त्यहाँ थिएनन् ।

राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि आव्हान गरेको समयसीमा सकिएमा बहुमतीय सरकार निर्माणको प्रकृया सुरु हुन्छ । सो अवस्थामा संसदमा प्रधानमन्त्रीका उम्मेदवारहरुबीच मत विभाजनद्धारा चुनाव हुनेछ ।

कांग्रेस माओवादी गठवन्धनसँग संसदमा अहिले बहुमत रहेको छ र यस बीचमा ठूलो राजनीतिक चमत्कार नभएको अवस्थमा प्रचण्ड नै प्रधानमन्त्री बन्नेछन् । त्यस्तो अवस्थामा उम्मेदवार बनेमा चित्रबहादुरको उम्मेदवारी प्रतिकात्मक मात्र हुनेछ ।

चित्रबहादुर ओली सरकारमा उपप्रधानमन्त्री पदमा रहेका छन् ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv