नवलपरासी, २६ साउन :
सर्पले डस्दा नवलपरासीमा दुई जनाको ज्यान गएको छ। भारतीय सीमावर्ती हरपुर गाविस-८ मुडेराका ३५ वर्षीय शिवशङ्कर हरिजन र उनकी श्रीमती लक्ष्मीनादेवीको सर्पले डसेर मंगलबार ज्यान गएको प्रहरीले जनाएको छ।
घरको भुइँतलामा सुतिरहेको अवस्थामा सोमबार राति उनीहरुलार्ई सर्पले डसेको थियो। छिमेकीको सहयोगमा उपचारका लागि दुवैलाई बिहान पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। बुवाआमाको निधनपछि उनीहरुका दुई छोराको विचल्ली भएको छ
Post a Comment