सामाजिक सञ्जालमार्फत चिनिएका साथीलाई तपाईं कति विश्वस गर्नुहुन्छ रु उनीहरुका मीठा कुरामा मख्ख परेर विश्वस गर्दा ठूलो धोका हुनसक्छ । तपाईंको विश्वासको फाइदा उठाउँदै कतिपयले मन र धन मात्रै होइन, ज्यानै लिनसक्छन् । नेपालमा भूकम्पले लाखौं नेपालीको बिचल्ली भएको सुनेर राहत दिन आएकी २५ वर्षीया अमेरिकी युवती डालिया याहियाले सामाजिक सञ्जालमा चिनिएको युवकलाई धेरै विश्वास गर्दा ज्यान गएको छ । विश्वभरका मानिसबीच मित्रता फैलाउने उद्देश्यले बनाइएको ‘काउच सर्फिङ’ सामाजिक सञ्लाजमा चिनिएको पुरुषको भर पर्दा डालियाले ज्यान गुमाएकी हुन् ।
गोरखाको भूकम्पपीडितलाई राहत दिएर काउच सर्फिङमा आबद्ध कास्कीको धिताल ३ का ३२ वर्षीय नारायणप्रसाद पौडेलले डालियालाई पोखरा १ सिम्पानीस्थित डेरामा लगेर गत साउन २२ गते राति हत्या गरेका थिए । काउच सर्फिङमार्फत परिचित पौडेललाई भेट्न डालिया साउन १९ गते पोखरा आइपुगेकी थिइन् ।
पौडेलसँगै पोखराका विभिन्न स्थान घुमफिर गरी तीन रात एउटै कोठामा बसेकी उनलाई साउन २२ गते मध्यराति पौडेलले घन र गजबारले टाउकोमा हानेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । ‘धेरै नै पैसा होला भनेर हत्या गरेको बयान दिएको छ,’ कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले भने-के कारणले हत्या गरेको हो, त्यसबारे अनुसन्धान भइरहेको छ । भिडियो हेर्न तलको बक्समा क्लिक गरि हेर्नुहोला....
Post a Comment