Latest Updates :

साउदीका जेलमा सात नेपाली ब्लडमनी कुरिरहेका छन्


SHARE THIS POST :
बिहिबार, साउन २७, २०७३

२७ साउन, काठमाडौं ।
 केही कमाएर परिवारलाई सुख दिने सपना बोकेर साउदी पुगेका सुरेश मण्डल अहिले साउदीको अलहासास्थित जेलमा छन् । उनी त्यहाँ जेल परेको ६ वर्ष ६ महिना भइसक्यो । उनीसँग त्यहाँ ६ लाख ८० हजार रुपैयाँ ‘ब्लडमनी’ माग गरिएको छ । तर, उनी ६ लाख रुपैयाँ रकम बुझाउन नसकेपछि जेलमै बस्न बाध्य छन् ।

तर, उनले वदैशिक रोजगारीमा जाँदा शुल्क तिरेर गएको वैदेशिक रोजगार कल्याणकारी कोषमा ३ अर्ब रुपैयाँ सड्ने अवस्थामा छ ।

मण्डल जस्तै जेलमा परेकालाई निकल्न मात्र होइन, विदेशमा गएका कामदार अलपत्र परेकालाई उद्धार गर्न समेत कोषको रकम खर्च गर्न समेत सरकारले जीब्रो चपाउँदैछ ।

पछिल्लोपटक मण्डलसँगै साउदी अरेबियामा थप ७ नेपालीहरु ब्लडमनी तिर्न नसकेर जेल जीवन बिताउन बाध्य भएको पत्ता लागेको छ । उनीहरु सबै सवारी दुर्घटना मुद्दामा जेल परेका हुन् ।

उनीहरुलाई जेलबाट छुटाएर नेपाल फर्काउन प्रवासी नेपालीहरु सक्रिय हुँदा सरकारी चासो भने यसमा शुन्य छ ।

कामको सिलसिलामा दुर्भाग्यबस भएका दुर्घटनाका कारण जेल पुग्नुपर्दा उनीहरु आर्थिक अभावकै कारण बाहरि आउन सकेका छैनन्

वैदेशिक रोजगारमा जानहेरुसँग शुल्क लिएर खडा गरिएको त्यही कल्याणकारी कोषको रकम दुरुपयोगबारे संसदीय छानविन सुरु हुँदै गर्दा विदेशका जेलमा रहेका नेपालीहरु भने ब्लडमनी जुटाएर आफू स्वदेश फर्किन पाउने आशामा छन् । यसअघि पनि थुप्रै नेपालीहरु विदेशका जेलमा ब्लडमनी कुहिरहेका खबर सार्वजनिक भएका छन् ।

साउदी अरेबियामा सक्रिय नेपाली साझा मञ्चले गरेको अनुसन्धानबाट जेल जीवन भोगिरहेका थप नेपालीहरुबारे थाहा भएको हो । मञ्चले गरेको अध्ययनअनुसार सवारी दुर्घटनामा संलग्न भएका अधिाकंश नेपालीरु साउदीको जेलमा कष्टकर जीवन व्यतित गर्न बाध्य बनेका हुन् ।

मण्डलजस्तै धनुषाको पुष्पवलपुर-१ रतनपुर घर भएका संजिवकुमार यादव पनि अलहासा जेलमै छन् । उनी जेल परेको साढे दुई वर्ष बित्यो । उनी जेलबाट छुट्न ९७ हजार ७ सय साउदी रियाल अर्थात २७ लाख ८५ हजार ४ सय २७ रुपैयाँ ब्लडमनी चाहिन्छ । तर, उनी पनि त्यो रकम भुक्तानी गर्न नसकेर आफ्ना सपनालाई जेलको कोठरीभित्र बलिदान गरेर बसेका छन् ।

सर्लाहीको कर्मैया विष्णुहरि पाण्डेको कथा पनि उस्तै छ । उनी रियादस्थित मलाल जेलमा छन् । उनी जेल बसेको तीन वर्ष नाघिसक्यो । उनीसँग तीन लाख साउदी रियाल अर्थात ८५ लाख ५३ हजार रुपैयाँ ब्लडमनी मागिएको छ । उनी पनि त्यत्रो रकम भुक्तानी गर्न सक्ने अवस्था नभएपछि जेलमा विवश र निरश जिन्दगी बिताउँदैछन् ।

मोरङको बेलबारी-८ भएका भिमबहादुर दाहाल वादी अल दवासिरस्थित कविर सिजन जेलमा छन् । चारवर्ष भन्दा लामो समय उनले साउदीकै जेलमा गुजारिसके । तर, उनी पनि अरु जस्तै पैसा नभएर जेलमुक्त हुन सकेका छैनन् ।

यस्तै अर्का नेपाली हुन् झापाको बुधबारे ६ घर भएका मदन पंधाक लिम्बू । वादी अल दवासिरस्थित कविर सिजन जेलमा नै उनी एक वर्ष ९ महिना कैद भइसके । तर, उनी कहिले जेलमुक्त हुन्छन् भन्ने टुंगो छैन ।

तनहुँको दुलेगौडा हलेसी-३ धनबहादुर थापा मगरलाई पनि विदशेमा जेल बस्नु बाध्यता बनेको छ ।

उनी ताइफस्थित जेलमा बसेको एक वर्ष ३ महिना नाघ्यो । उनले जेलमुक्त हुन तीन लाख साउदी रियाल अर्थात ८५ लाख ५३ हजार रुपैयाँ तिर्नुपर्नेछ । तर, उनी यत्तिको रकम कसरी जुटाउन सक्थे र ?

काभ्रेको कुशादेवी-२ घिमिरेगाउँ घर भएका रामचन्द्र तिमिल्सिना पनि साउदीमै बन्दी जीवन बिताउँदैछन् । उजी ताइफस्थित जेल परेको एक वर्ष ३ महिना भयो । एक लाख बिस हजार साउदी रियाल अर्थात ३४ लाख २१ हजार रुपैयाँ ब्लडमनी तिर्नुपर्ने भएपछि उनी यो बाध्यतालाई टार्न नसक्ने अवस्थामा छन् ।

विदेशमा एकहजार भन्दा बढी नेपाली अहिले जेल जीवन बितइरहेको तथ्यांक सरकारसँग नै छ

यसरी साउदीको जेलमा रहेका प्रायः सबै नेपालीका घरपरिवारको अवस्था दयनीय नै छ । अरबको तातोभूमिमा बाध्यताले पुगेकाहरुको सपना भनेको आर्थिक अभावकै खाँचो टार्ने नै हुन्छ । तर, कामको सिलसिलामा दुर्भाग्यबस भएका दुर्घटनाका कारण जेल पुग्नुपर्दा उनीहरु आर्थिक अभावकै कारण बाहरि आउन सकेका छैनन् ।

तर, उनीहरु विदेश जाँदा लिएर खडा गरिएको सरकारी कोषमा ३ अर्ब रकम थुपि्रसक्दा पनि अप्ठेरोमा परेकालाई सहयोग गर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड तयार नहुनु आश्चर्यजनक देखिएको छ । कोषमा नै अनियमितताको आशंका गर्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले समितिनै बनाएको छ ।

यस्तै आवश्यक मापदण्ड बनाएर विदशेमा ब्लडमनी तिर्नुपर्ने अवस्थमा जेलमा रहेका कामदारलाई तत्काल रकम उपलब्ध गराउन समितिले मंगलबार मात्रै बोर्डलाई निर्देशन दिएको छ । विदेशमा एकहजार भन्दा बढी नेपाली अहिले जेल जीवन बितइरहेको तथ्यांक सरकारसँग नै छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv