Latest Updates :

आत्महत्या गर्ने चेतावनी सहित गौरी पौडेलले लेखिन् देउवाका नाममा पत्र, किन यस्तो पत्र लेखिन काँग्रस कार्यकर्ताले नै यस्तो पत्र? हेर्नुहोस>>>>>


SHARE THIS POST :

काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको महधिवेशन हुनु पर्ने माग गर्दै अनशनरत गणेश सापकोटाकी पत्नी तथा नेविसंघकी सक्रिया कार्यकर्ता गौरी पौडेलले पतिको अनशन तोड्न कदम नचाले आत्महत्या गर्ने चेतावनी दिएकी छिन् ।

यस्ता छन् आज प्रधानमन्त्री प्रचण्डले गर्ने ५ काम
सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाममा एक पत्र लेख्दै गौरीले आफ्ना पति गणेश सापकोटालाई अनशनकै क्रममा केही भएमा आफू पनि प्रजातन्त्रका नाममा बलिदान हुने चेतावनी दिएकी हुन् ।
उनले चेतावनीपूर्ण पत्रमा भनेकी छिन्, “उहाँको मन जसरि पार्टिमा समर्पित छ मेरो मन त्यसैगरि उहाँमै आश्रित छ । बाग्लुङ्गका यी बस्ति र देश सेवा गर्ने अठोट मा निस्कनु भएको पति तथा उहाँको साथि रत्नहरि ढुंगेलको समेत जिवन रक्षा गरिदिनुहुन विक्षिप्त हृदय बाट हार्दिक अनुरोध गर्दछु । उहाँकी अर्धाङ्गिनि भएकि हुनाले यि स- साना बच्चा र सिउँदोलाई साक्षि राखेर भन्न चाहान्छु ‘तलमाथि नराम्रो केहि भएमा तपाईका नाममा प्रजातन्त्र माग्दै मेरो पनि बलिदानि आइपुग्ने पक्का छ”।

प्रचण्डलाई कांग्रेसबाट शुरुमै तनाव हुने संकेत
देउवालाई स्मरण गराउँदै उनले लेखेकी छिन्, “उहाँको स्वास्थ्य निक्कै बिग्रिएको थियो। अहिले पुन पार्टिको आन्तरिक बिवाद का कारण ६ दिन देखि आमरण अनशनमा बस्नुभएको छ । ”प्रजातान्त्रिक पार्टि भित्र प्रजातन्त्रको खोजि गर्दा गर्दै तिमिहरुको बुवा …..”.मैले यी नावालकहरुलाइ कसरि सुनाउन सक्छु ?”
कांग्रेस र माओवादीबीच गठबन्धन बनाएर नयाँ सरकार गठन भए लगत्तै देउवाका नाममा यस्तो चेतावनीपूर्ण पत्र आएपछि उनलाई तनाव थपिने देखिएको छ । सरकारमा पठाउने मन्त्रीको विषयमा कुरा नमिलेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि देउवालाई कडा चेतावनी दिइसकेका छन् ।


प्रचण्डका नाममा मोदीको ट्वीट- पूर्ण समर्थन रहन्छ
नेवि संघका कार्यकर्ताहरुले विधि संवत महाधिवेशनको माग राखेर कांग्रेस पार्टी कार्यालय, सानेपामा अनसन जारी राखेका छन् ।

सभापतिको दावी गरिरहेका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले, महामन्त्रीका दावेदारहरु, युवराज पाण्डे, डिल्लीराम सुवेदी, सहमहामन्त्रीका दावेदार गणेश सापकोटा, उपाध्यक्षको दावी गरिरहेका डुजाङ शेर्पा, केन्द्रीय सदस्यका लागि दावी गरिरहेका शैलेन्द्र शर्मा गौडेल, कुमार दुलाल, लगायतको समूहले विधिवत महाधिवेशनको माग राख्दै अनसन जारी गरेका हुन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv