वि.सं. २०७३ साल साउन २१ गते। शुक्रबार। इश्वी सन् २०१६ अगस्ट ५ तारिख। नेपाल संवत् ११३६ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– तृतीया, २६:२० बजेउप्रान्त चतुर्थी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसाझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने सम्भावना देखिन्छ। परिस्थितिले त्यति साथ नदिन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। पहिलेको मेहनत आम्दानीवर्द्धक हुनेछ। हिम्मतले काम लिँदा मनग्य फाइदा हुनेछ। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन प्राप्त हुने सम्भावना छ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। सहयोगीहरूले साथ दिनेछन्। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै मनग्य धन आर्जन हुने समय छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुनेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले उत्साह बढाउला। समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काममा बाधा पुग्नेछ। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। ढिलासुस्तीले अवसर गुम्न सक्छ। मेहनत गर्दा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। केही चुनौती सामना गर्नुपर्ला। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान समेत प्राप्त हुन सक्छ। कामको चापबाट पनि फुर्सद पाइनेछ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। (नेपाली पात्रो)
Post a Comment