काठमाडौं, साउन १९ ।
इराक, कुवेत, ओमनलगायत मुलुकमा धेरै आम्दानी हुने काम लगाइदिन्छु भन्दै श्रीलंका पुर्याइएका ९० जनाभन्दा बढी नेपाली महिलालाई त्यहाँको एउटा घरमा थुनेर राखिएको छ । ‘मलाई सन्चो पनि छैन । अब यहीं आत्महत्या गर्छुु भन्दै रोइकराइ गरेपछि श्रीलंकाबाट नेपाल फर्कन सफल ४१ वर्षीया मनमाया दनुवारले त्यहाँ अलपत्र दिदीबहिनीको उद्धार गरिदिन सरकारलाई गुहारेकी छन् । उदयपुर गाईघाटकी मनमायाले गत असार १० गते एजेन्टलाई दुई लाख रुपैयाँ बुझाएपछि त्यसको भोलिपल्ट बिहानै उनलाई स्वयम्भूबाट नयाँदिल्ली जाने बस चढाएर भारत पुर्याइएको थियो । नयाँदिल्लीमा तीन रात राखेर उनीलगायत अन्य १७ जनालाई हवाईजहाजबाट नै श्रीलंका लगिएको थियो ।
श्रीलंकामा बस्न पाउने ३० दिनको उनको भिसा सकिइसकेको छ भने अन्य सबै महिला पनि अनुमतिभन्दा धेरै दिन बसिरहेका छन् । श्रीलंका विमानस्थलमा उनीहरूलाई लिन एउटा अरबी युवक आयो र अत्यन्तै द्रुत गतिमा चलाइएको गाडीमा करिब साढे तीन घन्टाको यात्रापछि एउटा भुइँतले घरमा पुर्यायो । त्यहाँ अन्य थुप्रै महिलालाई भेडाबाख्राजस्तै गरी कोचेर राखिएको दृश्यले उनको विदेश जाने आस त्यहीं टुंगियो । अरू दिदीबहिनीको रुवाइ र चित्कार देखेपछि उनी पनि त्यहाँ पुग्नेबित्तिकै रुन थालिन् ।
मनमायाले भनिन्, ‘त्यहाँ भान्छे काम गर्ने उर्मिला पौडेल नाम गरेकी महिला आएर उनीहरूसँग भएको पैसा, मोबाइल, पासपोर्टलगायत सबै सामान खोसेर राखिन् ।’ आफूहरूलाई विदेश नलैजाने भए किन यहाँसम्म ल्यायौ भनेर विरोध गर्दा गाली गरेको र पछि कुटपिट नै गरेको पनि मनमायाले सुनाइन् । ुबिहान कालो चिया, खाना दिउँसो दुई बजे र बेलुकीको खाना राति ११ बजे दिन्थेु, उनले भनिन्, ुत्यसमा पनि उसिनेको चामल र एक किलो माछामा सबैलाई पुग्ने गरी हालिएको झोल दिन्थे ।ु आठकोठे उक्त भवनका जम्मा तीनवटा कोठामा नेपाली महिलालाई राखिएको थियो ।
Post a Comment