Latest Updates :

उत्तरप्रदेशमा स्कुले शिक्षिकाको अपहरणपछि सामूहिक बलात्कार


SHARE THIS POST :

नेपालको सीमावर्ती भारतीय राज्य उत्तरप्रदेशमा स्कुलको शिक्षिकालाई अपहरणपछि सामूहिक बलात्कार गरिएको छ । मंगलबार बिहान भएको उक्त घटना उत्तरप्रदेशको बरेलीमा भएको हो ।
बिहान ७ बजेका समय स्कुल गइरहेकी शिक्षिकालाई भ्यानमा आएका तीनजना नकावधारीले राष्ट्रिय राजमार्ग–२४ बाट अपहरण गरी नजिकैको उखु खेतमा लगेर सामूहिक बलात्कार गरेका थिए ।
पीडितका अनुसार बलात्कार गरी रहँदा एकले भने उक्त घटनाको मोबाइलबाट फिल्म तथा दृश्य समेत कैद गरेका थिए ।

प्रहरीले एफआइआर दर्ता गरी अनुशन्धान अगाडी बढाएको बताइएको छ ।
उत्तरप्रदेशमा तीन दिनमा अगाडी आएको यो दोस्रो बलात्कारको घटना हो । यसअघि उत्तरप्रदेश कै बुलन्दसहरमा छजनाले आमा–छोरीलाई अपहरणपछि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । पछिल्लो बलात्कारको घटनासँगै मुख्यमन्त्री अखिलेश यादवले राजिनामा दिनुपर्ने माग भइरहेको थियो । अर्को घटना पनि अगाडी आएसँगै उनको सरकारलाई ठूलै राजनीतिक झमेलाको सामना गर्नुपर्ने भएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv