Latest Updates :

बिर्तामोडमा आगलागी, दुई करोडभन्दा बढीको क्षति


SHARE THIS POST :

भदौ १, झापा –
झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।आगलागी बिहान ५ः३० बजेदेखि सुरु भएको थियो । आगलागीका कारण झन्डै रु दुई करोड मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागी स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केटभित्र आगलागी भएका कारण क्षतिको विवरण बढ्न सक्ने प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो । आगलागीका कारण घनश्याम अधिकारी, कृष्ण साह लगायतले सञ्चालन गरेको पसल जलेको बताइएको छ । आगलागीबाट थप क्षति हुन नदिन प्रहरीले अन्य पसलका सामग्री भने सुरक्षित स्थानमा निकालेको छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv