Latest Updates :

सँधै उत्ताउलो भएर नाच्ने ज्योती मगरले यसपालिको तीज गीतमा यसरि रुवाइन् (भिडियो सहित) -


SHARE THIS POST :


भदौ, काठमाडौँ । उत्ताउला शब्द, उत्तेजक प्रस्तुती, अंग प्रदर्शन गरेर चर्चा कमाएकी ज्योति मगरले यसपालिको तीज गीतमा सबैलाई रुवाउने प्रस्तुति पस्केकी छिन ।

उनले यसपाली भने सबैलाई अचम्मै पार्ने प्रस्तुति दिएकी छिन । दरमा रक्सी खाने गीत निकालेर विवादमा आएको केहि दिनमा उनले सबैको मन जित्ने नयाँ तीज गीत सार्वजनिक गरेकी हुन् । र यसपाली उनलाई साथ मिलेको चर्चित सर्जक एकनारायण भण्डारीको । भण्डारीको मौलिक लय र यथार्थपरक सामाजिक शब्दमा उनले यो मनछुने तीज गीत बजारमा ल्याएकी हुन् ।

साउन १९ गते युट्युवमा अपलोड गरिएको गीतलाई सबैले एकदमै मन पराएका छन् । अहिलेसम्म यो गीत हेर्नेको संख्या युट्युबमा ११ लाख बढी पुगेको छ ।

गीत हेर्नेहरुले ज्योतीलाई अबदेखी यस्तै गीत गाउन सुझाव दिदै गीतको भिडियो हेरेर आँशु आएको प्रतिक्रिया दिएका छन् । यस्तै युट्युबको भिडियोमा कमेन्ट गरेर सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् । शेरबहादुरको साथमा ज्योतीलेनै अभिनय गरेको भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् । राजेश घिमिरेको छायाँकन र नविन मगरको सम्पादन रहेको भिडियो कृष्ण फिल्मसले निर्माण गरेको हो ।

भिडियो हेर्नुस
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv