५३ लाखको जंगली लसुनसहित १२ जना पक्राउ
जुम्ला,२४ साउन ।
जुम्ला डिल्लीचौर बस्ने २० वर्षकी श्रीदेवी रावतसहित ११ जना झण्डै ५३ लाख ३६ हजार रुपैयाँ बराबरको ३ सय ३५ किलो अवैध जंगली लसुनसहित पक्राउ परेका छन् ।
पटमार–३ राना स्थित उर्थु चौताराबाट जुम्ला सदरमुकाम आउने क्रममा उनीहरुले अबैध जंगली लसुन ल्याउँदै गरेको खबर पाएपछि जुम्लाबाट गएको प्रहरी टोलीले लसुनसहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जंगली लसुन डिल्लीचौर–७ बस्ने ३६ वर्षका अंग बहादुर रावतले किलोको १६ हजार रुपैयाँका दरले खरिद गरी ल्याएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
Post a Comment