Latest Updates :

दुर्घटना अत्यधिक बढेसँगै सरकारले ल्यायो कडा कानुन, आजबाट बढी यात्रु बोक्ने गाडीको रुट परमिट र चालकको लाइसेन्स खारेज गरिने.....


SHARE THIS POST :


काठमाडौँ, ०१ भदौ - सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको तत्काल रुट परमिट र चालकको लाइसेन्स खारेज हुने भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको निष्कर्ष निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब सवारी कानुन उल्लंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक र चालकलाई कडा कारबाही गर्ने निर्णय गरेको हो।

मन्त्रालयले यातायात व्यवस्था विभाग तथा सडक विभागका अधिकारी, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालासित मंगलबार बैठक गरी यस्तो निर्णय गरेको हो।



बैठकले सिट क्षमताभन्दा बढी यात्रु चढाएको पाए तत्कालै गाडीको रुट परमिट (सडकमा सञ्चालन अनुमति) तथा चालकको लाइसेन्स खारेज र अधिकतम दण्ड जरिवाना गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले मालवाहक गाडीले यात्रु र यात्रुवाहकले सामान बोकेको पाइए गाडीको रुट परमिट, चालकको अनुमति खारेज गर्ने र अधिकतम दण्ड जरिवाना गर्ने निर्णयसमेत गरेको छ ।  मन्त्रालयले बढ्दो गाडी दुर्घटना रोक्न सवारी कानुनमा भएका कमी कमजोरी हटाउन यातायात व्यवसायी, मजदुरसहित सबै सरोकारवालासित परामर्श गरी १० दिनभित्र ऐनको संशोधनको मस्यौदा तयार पार्ने निर्णय गरेको लेखकले जनकारी दिए।

मन्त्रालयले सवारी उल्लंघन गरी चलाउने गाडी, तिनका चालक र मालिकहरूलाई तत्काल ठाउँको ठाउँ कडा कारबाही गर्न सबै जिल्ला प्रशासन, यातायात कार्यालय र सरोकारवालालाई निकायलाई निर्देशन दिएको छ।

उनका अनुसार मन्त्रालयले यातायात व्यवसायीसहित सबै सरोकारवालालाई राखेर कति गाडीको रुट परमिट खारेज भयो, कति चालक अनुमतिपत्र रद्द गरियो, कति जनामाथि कारबाही भन्नेबारेमा तीनरतीन महिनामा समिक्षा गर्ने निर्णयसमेत गरेको कान्तिपुर दैनिकमा खबर छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv