Latest Updates :

शिशुको मृत्युपछि अस्पताल तनावग्रस्त


SHARE THIS POST :
प्रकाशित मिति: मंगलबार, भाद्र ०७, २०७३ समय - १७:१४:४२   |  23 Aug, 2016

काठमाडौँ : बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ।

अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको जनाउँदै आफन्तले शव बुझेका छैनन्। सोमबार राति १ बजे निमोनियाबाट पीडित तीन वर्षीय विकृष्ण महर्जनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको बालकको बिहान ५.४५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विपीन जङ्गमले जानकारी दिए।

अस्पतालसँग दुई पटकसम्म छलफलमा बस्दा पनि आफन्तले शव नबुझेको जङ्गमले बताए। उनले भने ‘‘बच्चालाई राति शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचार कक्षमा शैय्या खाली नभएकाले हाम्रो अस्पतालमा रेफर गरिएको थियो। मृतक शिशुको निमोनिया बिग्रिसकेको रहेछ। छातीबाट मुटुतिर निमोनिया फैलिएकोले मृत्यु भएको हो।’’ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv