Latest Updates :

भाजपा वरिष्ठ नेताको हत्या प्रयास, गोली लागेर गम्भीर घाइते


SHARE THIS POST :


२८ साउन, काठमाडौं ।
भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको हत्या प्रयास भएको छ ।
भाजपा नेता बजपाल तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ ।
‘उनीहरुलाई नोएडाको के फोर्टिस अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ र उनीहरु जीबन-मरणका लागि संघर्ष गरिरहेका छन्,’ बीबीसी हिन्दीले लेखेको छ ।

उत्तर प्रदेश प्रहरी अधिकारीका अनुसार बिहीबार राति अबेर दुईवटा गाडीमा आएका व्यक्तिहरुले नेता बजपालमाथि अचानक गोली चलाएका थिए । उनीहरुले बजपालको गाडीलाई घेरेर एके४७ र पिस्तोलले धेरैबेरसम्म अन्धाधुन्द गोली चलाएका थिए । जवाफमा नेता बजपालको अंगरक्षकले पनि धेरैबेर फायर गरेका थिए । घटनामा भाजपा नेता र उनका अंगरक्षकसहित सात जना घाइते भएका छन् ।
आक्रमण लगत्तै सबै आक्रमणकारी भाग्न सफल भएका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ र छिट्टै आक्रमणकारी पक्राउ पर्ने जनाएको छ ।

प्रहरीले घटनाको पछाडि पुरानो दुश्मनी हुनसक्ने अनुमान गरेको छ । बजपाल तेवतिया भारतीय जनता पार्टीका एक वरिष्ठ नेता हुन् । सन् २०१२ मा मुरादनगर विधानसभा चुनावमा पनि उनी लडेका थिए ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv