Latest Updates :

सरकारलाई जत्ति गुहार्दा पनि बेवास्ता गरेपछी महाबिर पुनले आफ्नो सबै जग्गा जमिन राष्ट्रिय अविष्कार केन्द्रलाई दान गरेपछी >>> हेर्नुहोस् पुरा समाचार >>>


SHARE THIS POST :

काठमाडौँः समाजसेवी महावीर पुनले आफ्नो नाममा भएको सबै जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने घोषणा गरेका छन् । सन् २००७ को रमन म्याग्सेसे पुरस्कार प्राप्त गरेका पुनले आइतबार आफ्नो नामको सबै जग्गा अविष्कार केन्द्रलाई दान गर्ने घोषणा गरेका हुन् । पुन व्यक्तिगत पहलमा लामो समयदेखि नेपालका ग्रामीण क्षेत्रमा सूचना प्रविधिका क्षेत्रमा समाजसेवा गर्दै आएका छन् ।

         पुनले सरकारले अविष्कार केन्द्रलाई सहयोग नगरेकाले आफ्नो नामको सबै जग्गा दान गर्ने घोषणा गरेको बताएका छन् । जग्गा दान गर्ने घोषणा सँगै पुनले आफ्नो नामको जग्गाको लालपूर्जा समेत सार्वजनिक गरेका छन् । राज्यलाई अविष्कार केन्द्रलाई सहयोग गर्न पटकपटक आग्रह गर्दा पनि सहयोग नगरेपछि जग्गा दान गर्ने निर्णय गरेको पुनले अन्नपूर्ण अनलाइनलाई बताए ।

        पुनले भने, ‘पटकपटक भएका प्रधानमन्त्री, अर्थमन्त्री र सचिवलाई सहयोग गर्न आग्रह गरेँ । सहयोग नगरे आफ्नै जग्गा दान गर्छु भनेर धम्की समेत दिए तर केही भएन अनि आज सबैको जानकारीका लागि यो कुरा सार्वजनिक गरेको छु ।’

         पुन भन्छन्, ‘यो घोषणा नयाँ होइन। यो घोषणा अर्थमन्त्री डा. रामशरण महत र बिष्णु पौडेलसहित अर्थ सचिव, सह–सचिव अनी दुई प्रधानमन्त्री र उनका सल्लाहकारलाई बिगतका दिनमा बारम्बार भनि सकेको कुरा हो। मैले सबैलाई ‘यदि, सरकारले राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु ।’ यसो भन्दा उहाँहरुले ‘जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ’ भनेका थिए ।’

       पुनले आफ्नो २८ रोपनी जग्गाको बारेमा समेत प्रष्ट पार्दै फेसबुकमा लेखेका छन्, ‘त्यो जग्गा पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा छ । त्यो जग्गा हाल अमेरिकामाबस्ने बन्बरे, पर्बतको पदम पुन भाइ र मैले २० बर्ष अगाडि किनेका हौँ । त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायलाई फाइदा हुने कुनै राम्रो कामको लागी प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं। त्यति बेला त्यो जग्गा पदम भाइको नाममा किनेका थियौं। तर पदम भाई अमेरिकामा बसोबास गरेकोले केही महिना अगाढी सो जग्गा मेरो नाममा नाम सारी गरिएको छ। सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य ३ करोड पर्छ।’

        पुनले अविष्कार केन्द्रका लागि सरकारको ढोका बन्द गरेर जनताको ढोकामा गइसकेको बताउदै आफ्नो जिन्दगीको सम्पूर्ण समय यसमै लगाउने र आर्थिक संकट परे २८ रोपनी जग्गा बेचेर केन्द्रको काम अगाडि बढाउने समेत बताएका छन् । आर्थिक संकट नपरे जग्गामा भौतिक संरचना बनाएर अनुसन्धानका लागि उपयोग गर्ने पुनको योजना छ ।

         पुन लेख्छन्, ‘अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गइसकेका छौँ । मैले नेपालको विकासका लागि  मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छु भनि रहेको अबस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने कुरा घोषणा गर्दछु। पैसाको अति नै आवश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानका लागि केही  भौतिक संरचना बनाइनेछ।’

        पुनले जग्गा दान गर्न र सहयोग गर्न चाहनेलाई समेत आह्वान गरेका छन् । उनले सहयोग गर्न चहानेले वेभसाइट वा उनको ९८४१५९२३६१ मोबाइल नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv