Latest Updates :

नियम र आचारसंहिताको धज्जि उडाइयो, कानुनको ‘क’ पनि ज्ञान नभएका नायकलाई मन्त्री बनाइयो


SHARE THIS POST :

काठमाडौँ, १ भदौ – प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका तर्फबाट पाँचजना मन्त्री र दुई राज्यमन्त्री नियुक्ति गरेर मन्त्रिपरिषद् विस्तार गरेपछि नेकपा माओवादी केन्द्रमा भााडभैलो मच्चिएको छ।

कार्यक्षमता, वरिष्ठता र समानुपातिक सहभागितालाई तिलाञ्जली दिँदै दाहालले आफ्ना एस म्यानहरूलाई मन्त्रीमा नियुक्त गरेको भन्दै माओवादी केन्द्रमा भाँडभैलो मच्चिएको हो।

डाडु–पैन्यू हातमा भएपछि आफ्नै हात जगन्नाथ भनेझैं प्रधानमन्त्री दाहालले त्यसरी मन्त्रीहरूको नियुक्ति गरेको असन्तुष्ट नेताहरूको आरोप छ।माओवादी महिला नेतृहरूले त एकजना पनि महिला क्याबिनेटमा नपारेको विरोधमा दाहालविरुद्ध विद्रोह गर्ने धम्की दिइरहेका छन्। महिलाहरूको असन्तुष्टि व्यवस्थापन दाहालका लागि ठूलो टाउकोदुखाइ बनेको बताइन्छ।

दाहालले नियुक्त गरेका जनाद्र्धन शर्मा, अजयशंंकर नायक, हितराज पाण्डे, राम कार्की र डीआर धनीराम पौडेलमध्ये पौडेलबाहेक सबै दाहालका एस म्यानहरू छन्। पौडेल भने नाराणकाजी श्रेष्ठ समूहबाट नियुक्त भएका हुन्। शर्माले ऊर्जा, नायकले कानुन, पाण्डेले स्थानीय विकास र कार्कीले सञ्चार मन्त्रालय तथा पौडेलले विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन्।

मागेको मन्त्रालय नपाएपछि मधेसका प्रभावशाली नेता प्रभु साहले मन्त्री पद अस्वीकार गरेर दाहालविरुद्ध विषवमन सुरु गरेका छन्। उनले सिंगै मधेसलाई अपमान गरेर दाहालले आफ्ना एस म्यानहरूलाई अघि सारेको आरोप लगाएका छन्। त्यसो त शाहलाई दाहालले कानुनमन्त्री बनाउने तयारी गरेका थिए। स्थानीय विकासमन्त्री नबनाई शपथ नलिने साहको अडानपछि सिरहाका नायकलाई दाहालले कानुनमन्त्री बनाए।

नयाँ संविधानअनुसार मुलुकका २ सयभन्दा बढी कानुन संशोधन र एक दर्जनजति निर्वाचन कानुनको तयारी गर्नुपर्नेबेला दाहालले कानुनको क पनि ज्ञान नभएका नायकलाई मन्त्री बनाएपछि तीव्र आलोचना गरेका छन्।

अरू त अरू कानुनमन्त्रीका लागि खुट्टा उचालिरहेका अधिवक्तासमेत रहेका रामनारायण बिडारीलाई मन्त्री नबनाएर दाहालले चक्मा दिए। मन्त्री बन्न नपाएको झोकमा बिडारीले नेपालमा विषय विज्ञताका आधारमा मन्त्री बनाउने चलन नै नरहेकाले विकासले गति लिन नसकेको सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिएर चित्त बुझाइरहेका छन्।

उता, अघिल्लो मन्त्रिपरिषद्मा रहादा राम्रा पर्फमेन्स देखाएका टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल र रेखा शर्माले पनि यो मन्त्रिपरिषद्मा मौका पाउन सकेनन्। अघिल्ला मन्त्रिपरिषद्मा रहेका कसैलाई मौका नदिइएपछि उनीहरूले मोर्चा कसेर असन्तुष्टिलाई प्रश्रय दिइरहेका छन्। महिला नेतृहरू पम्फा भुषाल, कमला रोका, रेखा शर्मा, जयपुरी घर्तीमगर, सिता नेपालीलगायतले महिला सभासद्हरूको छुट्टै भेला गरेर समानुपातिक समावेशिता सुनिश्चित हुनेगरी मन्त्रिमण्डलमा सामेल नगराइए बिद्रोह गर्ने धम्की दिइरहेका छन् ।

उनीहरूको असन्तुष्टिलाई वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोखरेल, अग्निप्रसाद सापकोटालगायतका नेताहरूले साथ दिएका छन्। अघिल्लो मन्त्रिपरिषद्मा सामेल सापकोटासहितका नेताहरू त असन्तुष्ट महिला नेतृ तथा सभासद्हरूको भेलामासमेत सहभागी भएर ऐक्यबद्धता जनाएका थिए।

महिला नेतृहरूले जनयुद्धको मोर्चामा सामेल भएर महिलाहरूले बगाएको रगतलाई नेतृत्वले अवमूल्यन गरेको भन्दै घोर भत्र्सना गरेका छन्। यद्यपि, दुई राज्यमन्त्रीका रूपमा धनमाया विक र राधिका तामाङलाई मन्त्रिपरिषद्मा सहभागी गराएर दाहालले असन्तुष्टको स्वर थामथुम पार्ने प्रयास गरेका छन्।
त्यति मात्रै होइन, अघिल्लो मन्त्रिपरिषद्मा सामेल मन्त्रीहरूलाई स्वकीय सचिवालयमा आफ्ना नातागोता कसैलाई सामेल गराइन नपाइने नियम र आचारसंहिता बनाइए पनि आफू प्रधानमन्त्री बनेपछि दाहालले सचिवालयमा पुत्र प्रकाश दाहाललाई नियुक्त गरेर पार्टी निर्णयकै खिल्ली उडाएको टिप्पणी भएको छ। प्रकाश दाहालका तिनै विवादास्पद पुत्र हुन्, जसलाई प्रधानमन्त्री भएका बेला उनले सगरमाथा चढ्न राज्यकोषबाट २ करोड रूपैयाा उपलब्ध गराएका थिए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv