Latest Updates :

गत साउन ३१ को दुर्घटना भएको बसका चालकको यस्तो बयान ..


SHARE THIS POST :
गत साउन ३१ को दुर्घटना भएको बसका चालकको यस्तो बयान मेरो योजना खहरेखालाको उकालोमा तुहियो बल गरेर ब्रेक लगाएँ केही सीप लागेन


काठमाडौं–गत साउन ३१ गते सोमबार कोरीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा३ख १०६ नम्बरको बस दुर्घटनाका चालक रामेछाप(१ लखनपुरका चिन्तामणि गौतमले दुर्घटनापछि घाइते अवस्थामै मकैबारीमा लुकेर बिएण्डबी अस्पताल पुगेको बताएका छन् । दोलालघाटमा खाना खाएर बस स्टार्ट गर्न खोज्दा भएन, केही यात्रुले धकेलेपछि बस स्टार्ट भयो, मैले सोचेँ अब स्टार्ट बन्द हुँदैन,’ चालक गौतमले भने, ‘मेरो सोचाइ गलत भयो, बसको अन्तिम स्टप मदनकुँडारी गाविसमा पुगेर स्टार्ट बन्द गर्ने मेरो योजना खहरेखोलाको उकालोमा तुहियो ।’
 ‘अलि तल तेर्सो थियो, गियर २ मा चलाएको थिएँ, उकालोमा तान्दैन भनेर १ नम्बर गियरमा राखेँ, उकालो सकिन ३० सेकेन्ड जति बाँकी थियो बसको स्टार्ट बन्द भयो,’ चालक गौतमले भने, ‘स्टार्ट बन्द हुनेबित्तिकै सह–चालक कमल गौतमलाई ओट राख्न भने उनी ओर्लिएर ओट राख्न खोज्दै थिए बसचिप्लिरह्यो ।’ चिप्लिएको बसमा भएभरको बल लगाएर ब्रेक लगाएँ, ‘केही सिप लागेन, बसले बल्ड्याङ खायो’ उनले भने, ‘बेहोस भएछु, होसमा आउँदा बीभत्स दृश्य देखेँ, म बाबियोको बोटमा अल्झिएको रहेछु उठ्दा छेउमै ठूलीआमा पर्नेको पेट फुटेको देखेँ, उचालेर यता राखिदिए र सडकमा आएँ ।’ ‘मान्छेहरू कराउँदै थिए । मैले भाइ कमल गौतमलाई भेटेँ । मसँग मोबाइल पनि थिएन । उसैसँग मकैबारीमा गएर साथीलाई फोन गरेर मोटरसाइकल बोलाएँ ।
 त्यो मोटरसाइकलमा त्यही बाटो हुँदै फलाँटे आएँ । हात भाँच्चिएको थियो । फलाटेसम्म मोटरसाइकलमा आएर बोलेरो गाडी बोलाएँ, त्यसमै बिएण्डबी आइपुगेँ र भर्ना भएँ,’ उनले भने, ‘श्रीमती र आफन्तलाई अस्पतालमा भेटेँ । हाम्रो गाडी हो भनेर मेरा आफन्तहरू पनि चढेका थिए । दाजुभाइ र आफन्तको पनि निधन भयो । केही घाइते भए अस्पतालमै बसेर नक्कली लाइसेन्सको बारेमा समाचार पढेँ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv