Latest Updates :

रजनीकान्तले तोड्यो सलमानको रेकर्ड, आमिर खानलाई पछेउदै


SHARE THIS POST :

मुम्बई । रजनीकान्तको हालै रिलिज भएको फिल्म ‘कबाली’ले बक्स अफिसमा राम्रो ब्यापार गर्न सफल भएको छ । भारतीय मिडियाले उल्लेख गरे अनुसार २२ जुलाईमा रिलिज भएको यस फिल्मले विश्वभरवाट ६५० करोड रुपैंया कमाई गरेको छ । यसको आधारमा भन्न सकिन्छ । कबालीले सलमान खानको अहिलेसम्मको सबै रकम तोड्यो । यो फिल्मले ७०० करोड पार गर्ने आाकलन गरिएको छ ।
बलिउडमा अहिलेसम्म राजकुमार हिरानी निर्देशित ‘पिके’ सबै भन्दा धेरै कमाई गर्ने फिल्मको रुपमा चिनिन्छ । आमिर खान अभिनित उक्त फिल्मले विश्वभरवाट ७९२ करोड ब्यापार गरेको थियो । ‘पिके’ पछि धरै कमाउने सिनेमाको सूचीमा सलमान खान अभिनित ‘बजरंगी भाईजान’ पर्छ ।

उक्त फिल्मले ६२६ करोडको ब्यापार गरेको थियो । एस एस राजमौलि निर्देशित ‘बाहुबली’ले विश्वभरवाट ६१५ करोड ब्यापार गरेको थियो।सलमानकै अर्को फिल्म सुल्तान पनि धेरै कमाइ गर्ने फिल्मको सूचीमा सुरक्षित छ । सलमान खान र अनुश्का शर्मा अभिनित सुल्तानले ५७७ करोड ब्यापार गरेको थियो । आमिर खान र कटि्रना कैफ अभिनित ‘धुम-३’ ले ५४२ करोड रुपैया ब्यापार गरेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv