जंगलमा युवतीको सामुहिक बलात्कार
कोहलपुर : तीजको नाच हेरेर मंगलबार राती ११ बजे घर फर्कंदै गर्दा कोहलपुर नगरपालिकामा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ।
नाच हेरेर फर्कंर्दै गर्दा दुई युवाले नियन्त्रणमा लिई बलात्कार गरेका हुन्। बलात्कृत युवतिको कोहलपुरमा उपचार भइरहेको छ। गाउँमा तीजको नाच हेरेर फर्कदा कोहलपुर–७ स्थित जंगलमा उनी बलात्कृत भएकी हुन्। बलात्कारमा संग्लन दुई युवाको पहिचान भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए।
उनीहरु फरार रहे पनि प्रहरीले खोजी कार्य तीव्र पारेको उनले भने। युवतीको यौनी, छाती, शरीरमा चोटपटक र डामहरु भेटिएको छ। युवतीले युवाहरुबाट धेरै बच्न प्रतिकार गरे पनि उनीमाथि आक्रमण सहित जर्वजस्ती करणी भएको प्रहरीले जनाएको छ।
उनले प्रतिकारका क्रममा युवाहरुको अनुहार, छाती र हातमा टोेकेको र कोतरे पनि उनीहरुले नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेको ती युवतीले बयान दिएकी छन्। बलात्कारमा संग्लन युवाहरु कम्दी–९ का रहेका छन्। उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। नागरिक न्युजमा खबर छ ।
Post a Comment