Latest Updates :

६ दिन पछि घट्यो सुनको मूल्य


SHARE THIS POST :
बिजपाटी संवाददाता  22 August, 2016



साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य  घटेको छ । आइतबार  प्रति तोला  ५९ हजार ३ सयमा कारोबार भएको छापावाल सुन तोलामा ३ सयले घटेर प्रति तोला ५९ हजारमा   कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार  ७ सय ५० मा कारोबार भईरहेको छ । श्रावण ३२ देखि स्थिर रहेको सुनको मूल्यमा ६ दिन पछि आज गिरावट आएको हो ।  चाँदी प्रति तोला ८  सय ६०  रुपियाँमा कारोबार भई रहेको छ ।  आइतबारको तुलनामा यो २० रुपियाँले घटी हो  ।   नेपाल सुनचांदी ब्यबसायी महासंघले आज सोमबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५    सय ८५   तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ३ सय ७० मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७     रुपियाँ ५० पैसा  रहेको छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv