Latest Updates :

अँध्यारोमै सुत्नु स्वास्थ्यका लागि फाइदा


SHARE THIS POST :

बत्ती बालेर सुत्नु स्वास्थ्यका लागि लाभदायक हुँदैन । तनाव बढाउनेदेखि लिएर क्यान्सर हुनेसम्मका समस्या आउँछन् बत्ती खुल्लै राखेर सुत्दा ।

अँध्यारोमा सुत्नु हाम्रा लागि किन जरुरी छ भन्ने कुरा जान्नका लागि पुर्खाहरूका जीवनशैली हेरौं । त्यो मानवको अस्तित्व शुरु भएदेखि नै मानिसको जीवन प्राकृतिक उज्यालोमा निर्भर छ । दिउँसो सूर्यको प्रकाश अनि राति चन्द्रमाको प्रकाश हाम्रा लागि काफी छ । दिनको तुलनामा हाम्रो शरीरले रातमा कम बिजुलीको माग गर्छ ।
हाम्रो शरीरको जैविक घडी सूर्य र चन्द्रमाको उज्यालोबाट नियन्त्रित हुन्छ । रातमा बालिने कृत्रिम उज्यालाले यो जैविक घडीलाई गडबड गराउँछन् । आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन हामीले जैविक घडी सही राख्नुपर्छ, त्यसैले अँध्यारोमा सुत्नु आवश्यक हुन्छ ।
उज्यालो औषधी हो । धेर खाँदा जुन औषधीले पनि खराब असर गर्छ । यही कुरा उज्यालोको सम्बन्धमा पनि लागू हुन्छ । राति आफ्नो वरिपरि कृत्रिम उज्यालो फैलाएर सुत्दा हाम्रो शरीरमा खराब असर पर्छ । यस्तो उज्यालोले हाम्रो निद्रा बिगार्छ जसकारण रक्तचापमा उतारचढाव आउँछ । खास भन्नुपर्दा कृत्रिम उज्यालोले हाम्रो मस्तिष्कमा असर गर्छ त्यसैले राति सुत्दा बिजुली बाल्नु ठीक छैन ।
सुत्नुअघि बिजुली बन्द गर्नुभएन भने शरीरको सन्तुलन बिग्रन्छ किनकि बिजुली बलिरहेको छ भन्ने कुरा बन्द आँखाले समेत थाहा पाउँछ । यसो हुँदा गहिरो निद्रामा पुग्न सकिन्न । तपाईँले ध्यान दिनुभएको छ भने फोन वा ट्याब्लेटको लाइट अचानक बल्दा हाम्रो निद्रा भंग हुन्छ । कुरा प्रस्ट छ, कृत्रिम उज्यालोका कारण हामी गहिरो निद्रामा जान सक्दैनौं । राम्ररी नसुत्नु भनेको रोग निम्त्याउनु हो । त्यसैले सुत्नुअघि अनिवार्य रूपमा उज्यालो निभाउनुस् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv