Latest Updates :

कतारमा मृत्यु भएका चौधरी परिवारलाई रु ५८ लाख राहत रकम हस्तान्तरण..


SHARE THIS POST :

चितवन, १८ साउन ।

 वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ।

प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ लाख आठ हजार ४६५ बराबरको चेक आज हस्तान्तरण गरे।

पूर्वी चितवनको भण्डारा निवासी चौधरी फर्निचरको कामका लागि विसं २०६९ मा कतार गएका थिए। रोजगारीका सिलसिलामा कतार पुगेका उनको सडक दुर्घटनामा परी २०७० वैशाख २९ गते निधन भएको थियो।

निधन भएको तीन वर्षपछि जिल्ला प्रशासन कार्यालयको खातामा आएको सो रकम परिवारलाई बुझाइएको हो। चौधरीको परिवारमा अहिले आमा, श्रीमती र एक छोरी छन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv