Latest Updates :

यसरी खुल्यो मदन भण्डारी हत्याको रहस्य...पुरा समाचार पढ्नुहोस्..


SHARE THIS POST :

नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटना (?) को हत्याको खुलासा हुन थालेको छ। २०५० साल जेठ ३ गते दासढुङ्गामा जिप दुर्घटना गराएर भण्डारी र जीवराज
आश्रितको हत्या भएको थियो। जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ। कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था 'रअ' र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत 'मिसन फायर' काठमाडौं नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले 'मिसन फायर' को रिपोर्टमा उल्लेख भएको हवाला दिंदै बताएका छन्।

मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेतामात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ। पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुःखाइ बन्दै गएको थियो। जनताको बहुदलीय जनवादका संस्थापक नेता भडारीका कारण भारत र अमेरिकाले सोचेजस्तो नेपालमा हस्तक्षेप बढाउन सकेका थिएनन्। भण्डारी र राजा वीरेन्द्रलाई बाटोबाट हटाउन सके नेपालमा आफ्नो स्वार्थपूर्तिको बाटो खुला हुने सोचमा मदन भण्डारी र राजा वीरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ। भण्डारीको हत्या २०५० जेठ ३ मा भएको छ भने राजा वीरेन्द्रको २०५८ जेठ १९ मा गरिएको छ। राजा वीरेन्द्रको हत्यामा छोरा दीपेन्द्रलाई प्रयोग गरिएको छ भने मदन भण्डारीको हत्यामा चालक अमर लामाको प्रयोग गरिएको छ।

अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लेखित प्रतिवेदनअनुसार अमर लामालाई माओवादी जनयुद्ध सुरु हुनु दुई वर्षपहिले नेकपा माओवादीको संयुक्त जनमोर्चा नेपालमा योजनाबद्ध ढङ्गले प्रवेश गराई हत्यामा प्रयोग गरिएको थियो। लामालाई माओवादीले मदन भण्डारीको सबैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रूपमा प्रचण्डमार्फत प्रयोग गरेको उल्लेख गरिएको छ। मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा 'सीआईए' र 'रअ' ले प्रचण्डमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ।

अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताबिक माओवादी जनयुद्धकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादी संस्थापन पक्षलाई 'ब्लाकमेलिङ' गर्न थालेपछि उनको हत्या गरिएको हो भनी रिपोर्टमा उल्लेख गरिएको छ। स्मरणीय कुरा के छ भने नेपालको माओवादी जनयुद्ध भारतीय गुप्तचर संस्था 'रअ' को योजनामा भएको कुरा अबका दिनमा घामजत्तिकै छर्लङ्ग छ। प्रचण्ड युरोपियन युनियनमार्फत सीआईएका लागि र बाबुराम भट्टराई 'रअ' का लागि कार्यरत छन् भन्ने कुरा उनीहरूको विदेशी गुप्तचर संस्थाहरूसँगको संस्थागत सम्बन्धले पनि स्पष्ट पार्दछ।

 मननयोग्य कुरा के छ भने अमर लामाको मुद्धा मानव अधिकार सङ्गठनको नाममा ऋषिकेश शाहले हेरेका थिए। ऋषिकेश शाह स्वयं सीआईएका लागि काम गर्दै आएका व्यक्तित्व हुन्। माओवादी जनयुद्धताका माओवादीसँग सम्पर्कको माध्यम मानव अधिकारवादी संस्थाहरू नै बढी उपयोगमा थिए। आज पनि मानव अधिकारवादी संस्थाका नाममा थुप्रै सङ्गठनहरू सीआईएका लागि नेपालमा कार्यरत छन्। ऋषिकेश शाहको प्रचण्ड र बाबुराम भट्टराईसँग निकट सम्बन्ध थियो। कमरेड मदन भण्डारीले २०४८ सालताका राजा पनि एउटा शक्ति हुन् भन्ने खुलासा गर्दै राष्ट्रियताका सवालमा राजा वीरेन्द्रसँग निकट हुन थालेपछि उनीमाथि विदेशी गुप्तचर संस्थाहरूको वक्रदृष्टि परेको थियो।

    भण्डारीको हत्यापछि राजा वीरेन्द्र निकै शोकाकुल र स्तब्ध भएका थिए। राजा वीरेन्द्रले भण्डारीको कथित जिप दुर्घटना सम्बन्धमा संवेदना प्रकट गर्नुका साथै मनमोहन अधिकारीसँग भण्डारीको मृत्युप्रति जिज्ञासा राख्दै 'यो घटना रहस्यपूर्ण छ भन्दै आफ्नै परिवारको सदस्य गुमाएको अनुभूति भइरहेको' बताउनुले पनि राजा वीरेन्द्र र मदन भण्डारीबीचको आन्तरिक सम्बन्ध मजबुत बन्दै गएको र राजा वीरेन्द्र मदन भण्डारीसँग मिलेर मुलुकमा कुनै ठूलै परिवर्तनको तयारीमा थिए भन्ने तथ्यहरू पनि सार्वजनिक भएको छ। राजा वीरेन्द्र र भण्डारीको निकटतालाई भारत र अमेरिकाले रुचाएको थिएन। राजा वीरेन्द्रको हत्या भारतीय गुप्तचर संस्था 'रअ' र 'सीआईए' को 'ज्वाइन्ट अप्रेशन' मा २०५८ साल जेठ १९ गते भएको कुरा धेरै तथ्याङ्कहरूबाट प्रमाणित भइसकेको छ। चिनियाँ गुप्तचर एजेन्सी 'गुयानाउ' र नेपाल विशेषज्ञ प्रोफेसर व्हाङ्गले राजा वीरेन्द्रको हत्या राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका छन्।

राजा वीरेन्द्रको हत्या राजिव गान्धी हत्या प्रकरणमा राजपरिवारलाई जोडेर जैन आयोगको रिपोर्टका आधारमा बदलाको भावले 'रअ' ले 'सीआईए' सँगको मिलेमतोमा गरेको थियो। यसका अलावा राजा वीरेन्द्रले लिएको राष्ट्रियताको अडान, चीनसँग लिएको सैन्य सामग्री, नागरिकता, शान्ति क्षेत्र नेपालको प्रस्ताव, जलस्रोतलगायत महत्त्वपूर्ण विषयलाई ध्यान राख्दै चीनलाई दक्षिण एसियामा शक्तिशाली बन्न नदिन चीन टुक्रयाउने रणनीतिअनुरूप भारतीय र अमेरिकी स्वार्थ मिलेको हुनाले यो हत्या गराइएको थियो।

 यसमा सबैभन्दा अगाडि मदन भण्डारी अवरोध बन्न सक्छन् भन्ने विश्लेषणका आधारमा एमाले कमजोर स्रोत अखबार नेपाल बनाउन भण्डारीको हत्या ०५० सालमा गराइयो भने ठीक त्यसको दुई वर्षपछि अर्थात् २०५२ सालबाट माओवादी जनयुद्धको विजारोपण गरियो। माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र र माओवादीभित्रको राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनै लाग्दा राजा वीरेन्द्रको वंश विनाश गराइयो। पछिल्लो चरणमा आएर माओवादी स्पष्ट रूपमा विभाजित गराइयो।
– खबर नेपाल डटकम

SHARE THIS POST :

+ comments + 1 comments

24 August 2016 at 22:50

its only in the writers head.not true.

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv