Latest Updates :

जोया र जिवनको यथार्थ जिबनको घटनाक्रम यस्तो थिएछ... एक पटक सबैले पुरा पढ्नुहोस !!


SHARE THIS POST :


चितवन – बिगत केहि दिन देखि सामाजिक संजालहरु देखि रास्ट्रिय छापा तथा बिधुतिय पत्रिकाहरुमा ‘फिलिपिनी महिला जोयालाई नेपाली पतिले यातना दियो र गैर सरकारी संस्थाको सहायताले दुई छोराका साथ रुँदै नेपालबाट बिदा भइन् फिलिपिनो ‘जोया’ भन्ने एउटा समाचारले निकै सनसनी मच्चायो” र हामिले पनि आफ्नो अनलाईनमा त्यस बारे केहि लेख प्रकाशन गरेका थियौं। त्यस क्रममा हामी सँग एकजना उक्त घटनाक्रमको प्रत्यक्ष जानकार सम्पर्कमा आउनुभयो। यस्तो छ उहाँको बयान जस्तको त्यस्तै: जोया लाई पहिलो दिन उद्धार गरिएको व्यक्ति – हिमान्शु चौधरी कुरा सुरु हुन्छ भरतपुर -३ इन्द्रदेव मार्ग इन्द्रेणी बजारबाट। म केवल एक काम गर्ने मान्छे एक बिहानै संयोग बस कुनै कामको कारणले अफिस पुगे शर्टर खोल्न पाएको छैन मेरो अफिसको शोर्टरको कर्नर मा बसेर एक महिला २ टा बच्चा एउटा करिब ३ बर्ष र अर्को लगभग डेढ बर्ष को बच्चा लिएर रोइ राखेको अवस्थामा देखे सायद त्यहाँ देख्नेमा अर्को एकजना किराना पसलको दिदी हुनुहुन्थ्यो सबैको पसल र अफिस खुल्ने समय भएको थिएन मैले सोंचे पक्कै घरबाट झगडा गरेर निस्केको हुनुपर्छ। अलि-अलि नेपाली बोल्न जान्ने हेर्दा कतै बिकट पहाडबाट हाम्रो जनजातीको अनुहार जस्तै थियो। ति किराना पसलकी दिदीले सोध्नुभयो किन रोयर बसेको ? उसले भनिन “म झगडा भयो राती २ बजे बाट यहा बसेको” भनेर मैले सोधे केहि खानु भएको छ कि छैन ? उ बोल्नै सकिन र मैले थहा पाए कि ऊ र बच्चा लगायत सबै भोकै रहेछन् ।

अब एका बिहानै मैले खानाको तैयारी गर्न सकिएन तर नास्ता पसलमा गएर समोसा किनेर ल्याईदिएँ उसलाई दिंदा उसले thanks भनिन। म अचम्म परें इंग्लिशमा बोल्न थालिन् त्यसपछि नारायणगढ निवासी यम श्रेस्ठ दाई आउनु भयो अनि सिदे को होटेल पनि खुल्यो। त्यहाँ गएर पहिला खानाको लागि वेबस्था गरि दिए। अनि उनी संग हामीले सोध्यौं कुन देश बाट आउनुभाको ? के कारणले यस्तो भएको हो ? भन्दा उसले भनिन हामी संगै बसेको २ यर्ष भयो हाम्रो बच्चा पनि छ उसको श्रीमानको नाम सोध्यौं उसले सबै भनिन् मैले पनि सोधे “राजु” रहेछ उसको नाम। सौराहा निवाशी। तर सौराहामा सोधपुछ गर्दा केहि पत्तो लागेन। यतिमात्र पत्ता लग्यो कि उनीहरु भाडामा बस्दो रहेछन्। कुरा सुनेर दुखः लाग्यो। हामी ले सोच्यौं अब के गर्न सक्छौ ? भनेर अनि एकजना दाईले सोध्नु भयो कि तिमि संग बिहे गरेको प्रमाणहरु छन् कि नाई ? उसले भनिन् “हामी भिजिटमा आएर यहाँ बसेको छौ” पास्पोर्ट छ कि नाई भन्दा छैन भनिन्।अब यो हालतमा हामीले क गर्न सक्छौ त ? आफु आफुमा हेर-हेर गर्यौं अनि एउटा साथी को श्रीमती पनि फिलिपिनो नै छ भन्ने थहा पाए पछि उसलाई बोलायौं उनीहरु बीच कुरा भयो उसले भनिन ” नेपालीको श्रीमती भएर पनि तिमि कति खुसि छौ ” उसको साथी ले भनिन नेपाली हरु एकदमै राम्रो हुन्छन तर एस्तो ब्यक्ती जहाँ पनि हुन्छ तिमीले राम्रोसँग सोंच्न सकेनौ २-२ बर्ष सम्म बस्दा तिमीले किन court marriage को certificate लिएनौ भन्दा उसले भनिन नेपालमा त्यस्तो गर्न आवस्यक पर्दैन भन्यो। भेट्न बोलाएको फीलिपिनो भाउजु लाई सोध्दा उहाँले भन्नु भयो केहि हुन्छभने गरिदिनुस्। अब हामी सोचमा पर्यौं अनि निस्कर्ष निक्कल्यौं कि हामी नै जाऔं उनलाई पुराउन, या नभए महिला संजाललाई खबर गरौं त्यसपछी हामीले महिला संजाललाई खबर गर्यौं ।

अनि सोध्यौं तपाँई संग पैसा छ ? काठमाडौँ मा embasy मा जाने उनले भनिन् छैन भनेर। हामी सबै मिलि राहत संकलन गरेर उनलाई पैसा दियौैं।त्यस पछी महिला संजाल आइ पुग्नुभयो उहाँहरुले भन्नु भयो अब हामी आफ्नो तर्फबाट सबै काम गर्छौं । मलाई यस्तो लाग्यो, हामी नेपाली साचिकै महान छौं। आर्काको दु:ख देख्न सक्दैनौं । अनि महिला संजालले लिएर जानुभयो हामीले ३-४ पटक बुझ्यौं पनि संजाल बाट एकदम positive result आयो खुसि भयौं। मनमा एक तरिकाको खलबली मच्चियो सायद बिदेशमा समस्या पर्दा हाम्रो दिदी बहिनिलाई पनि यसरी नै कसैले मुक्ति दिलाइ दिने भए हाम्रो चेलीबेटी आपतमा पर्ने थिएनन्। एक्कासी हिजो बाट मिडियामा सुन्न पाएँ कि उद्दार भैसक्यो महिलाको। खुशीको शिमा नै रहेन तर आफ़्सोच मिडियाले गलत सुचना संप्रेशन गरेको रैछ सायद मेरो फेसबुकमा मैले भन्न खोज्दा उनीहरुले मलाई नै गाली गलोच गरे तर ख्याल मा यति पनि राखेनन् कि हाम्रो देशको चेलीबेटी या अरु कोहि इल्लिगल बसेकोछ भने उसलाई जेल सजाय गरेर दु:ख दिएर पठाउँछ। तर यहाँ त मिडियाहरुको लहर नै लाग्यो नेपाल र नेपालीको बेइज्जत गर्न। खै बुझ्नै सकिन साँचिकै यस्तो नकारात्मक सुचना समाचार दिनु आफ्नै देश को बदनामी हैन र ? हाम्रो देशले न उसलाई कुनै प्रकार को यातना दियो, गर्यो त केवल एउटा जरिवाना लिने काम जुन हाम्रो कानुनमा छ। उसलाई पटक-पटक सोध्दा पनि उसको चाहना आफ्नै देश फर्किनु थ्यो र नेपालले सकुसल पठाएकोमा मलाई गर्व छ कि म नेपाली हुँ। र उसले पनि भनेको कुरा ” नेपाल गोवेर्न्मेंट इस गूद ” Neplese are गूद इन ऑल country there इस people like my husband ” i am happy now ” अब बच्चा को सवाल मा त कुन आधार ले citizenship दिने कुनै प्रमाण नै छैन उनी संग बिवाह गरेको। चिन्ता लाग्दो कुरा बच्चाहरुको भविष्य हो तर पनि उसले भनिन् म आफ्नो बच्चा संगै लिएर जान्छु। उसको बच्चाको भविष्य नेपाली citizenship भएर पनि राम्रो हुने थिएन। तपाँई हामी सबैलाई थहा भएकै कुरा हो। फेरी पनि हामी आफैले नेपाल र नेपाली को बद्नाम गर्ने कोशिश गर्दै छौं। उसको श्रीमान लाई सजाय हुनै पर्छ तर नेपालले गैर नागरिक लाई सम्मान र सुरक्षित तरिकाले पठाएको मा हामी ले गर्व पनी गर्नु पर्छ ।

 धोकेबाजलाई जेलबाट छुटाउनु नै जोयाको ठुलो गल्ति: मध्यमान्चल विकास क्षेत्र नारायणी अन्चल अन्तर्गत पर्ने चितवन जिल्लाको रत्ननगरमा बस्ने जिवन थापा रोजगारीको सिलसिलामा केहि बर्ष अगाडी दुबई पुगे । काम गर्दै जाँदा ईसाई धर्मावलम्बी फिलिपिनी महिला जोयालिन ग्रेस टेलेरमो माइजारेस अर्थात छोटकरिमा बोलाउने नाम ‘जोया’ संग माया प्रिती बस्यो ।
जोयालिन ग्रेस टेलेरमो माइजारेस अर्थात जोया संग सम्बन्ध गाँसिदै गए पछी एक आर्का बिना बाच्न नसक्ने भए । बिवाह गरे तर नेपालमा कानूनीरुपमा बिवाह दर्ता गरेनन । हाम्रा बीर गोर्खालीका छोरा जिबन थापा लागु औधधका पारखी रैछन । कुलतमा लागेको थाहा पाएर पक्राउ खाए । आफ्ना प्रेमी पक्राउ खाएको देख्न सकिनन । नेपाली प्रेमीको माया प्रेममा अन्धो बनेकी तिनले आफैले बिदेसी भूमिमा पसिना बगाएर कमाएकी धन सम्पति खर्चेर छुटाएर मिठा मिठा ठुला सपना बोकेर पतिको जन्मघर नेपाल ल्याईन किनभने नारीको लागी कर्म भन्दा जन्मघर ठुलो हो भनेर त्यसै भनिएको हैन । गल्ति त सुरुमै जोयाले गरेकी थिइन ।

लागु औषधको अम्मली भनेर थाहा हुँदाहुँदै पनि दुबईको जेलमा सड्न दिनु पर्नेमा प्रेममा अन्धो भएर सर्वस्व सुम्पीएर लुटायेर नेपाल आउनु जीवनकै सबैभन्दा ठुलो भुल भयो । आउना साथ सुरु भयो तिनको दुर्दिनको कथा । यातना र घरेलु हिंशामा पर्दा पनि कहिँ कतै उजुरबाजुर गर्न गईनन । लोग्ने सुध्रेला कि भन्ने आस गर्दागर्दै दुई सन्तानको आमा समेत बन्न पुगिन । लोग्नेको यातना र भोको पेटको ज्वाला सहन नसकेर भौतारिदै हिनेका ति बिदेसी चेली जोया अन्तिममा गैर सरकारी संस्थाको सरणमा पुगिन । तिनको कथा देसी बिदेसी सबैको कानमा पुग्यो । माया मारेको छोरी नेपालमा छ भनेर फिलिपिन्समा बसेका बाउ आमाले पनि थाहा पाए । उद्धार गरेर स्वदेस फर्काउने योजनामा गैर सरकारी संस्थाका कर्मचारीहरु लागे, तर, जोया दुई सन्तानकि आमा हुन । ति सन्तान नेपाली नागरिक जीवन थापाको हो भन्ने कुरा गैर सरकारी संस्थाल चलाउनेहरुले कसरि बिर्से ? जीवन थापा लागु औषध दुर्व्यसनी हुन र जोया माथि अक्षम्य अपराध गरेका छन । गल्ति गर्ने माथी कानूनी कारबाही गरेर जोयालाई जीवन थापाको श्रीमती हो र दुई सन्तान जिबन थापाकै हो भनेर कानूनी उपचार देखि श्रीमती तथा छोछोरिको लागी आधा अंश दिलाई दिनु पर्ने हैन ? जोयालाई फिलिपिनी दुताबासले भिषा खर्च तिरिदिनु अथवा उद्धार गर्नु कुनै नया र ठुलो कुरा हैन त्यो फिलिपिनी दुताबासको कर्तब्य भित्र पर्न आउछ ।

 जसको लागी सर्वस्व सुम्पेर आइन उसैले धोखा दिए पछी हृदय रुनेनै भयो त्यसैले जोया पतिको यातना सहन नसकेर माईतिघर फिलिपिन्स फर्किनु त्यो उसको बाध्यता हो । चाहना पक्कै पनि हैन । जिबन र जोयाको सहबास बाट जन्मिएका ति दुई अबोध नानीहरुले भोलि पिता पक्कै पनि खोज्लान । नागरिकताको कुरो पनि उठ्ला । जोयाले आफुले पाएको दुख कष्ट र हण्डर देखि पतिले दिएको यातनाको कथा पनि पक्कै आफ्ना हुर्केर लक्का जवान भएका सन्तानहरुलाई सुनाउलिन । तिनका सन्तानले त्यो कथा सुने पछी नेपाल र नेपालीहरु प्रति हेर्ने दृस्टी कस्तो होला ? त्यो भन्दा पनि ठुलो देसको इज्जतको सारा संसार सामु निलामी गर्ने अधिकार गैर सरकारी संस्था देखि चितवन प्रशासन लाई कसले दियो भनेर प्रश्न गर्ने कोहि पनि देखिएन । जोया माईतिघर फिलिपिन्स फर्किदैमा समस्या हल भयो भनेर घिरम्ले नाक बनाउने सबै अबुझहरु ? बीर गोर्खालीको देस भनेर चिनिएको नेपालको ईज्जत संसार सामु निलामी भएको भरपाई चै कसले गर्छ ? २०४६ साल पछी नेपालमा च्याउ जस्तरी बिदेसिको दान सहयोग र खैरातमा बग्रेल्ती गैह्र सरकारी संस्थाहरु खुलेका छन । मानव अधिकारका ठुला ठुला कुराहरु गर्छन । थोत्रा माईक जस्ता थुतुना भएका अधिकारबादीहरु बिक्रम ट्याम्पु जस्तरी पड्किन्छन । सर्वस्व लुटायेर नेपाल भित्रिएकी ति चेलीको हक हितमा आवाज उठाउदै ‘दोषीलाई कारबाही गर, बिदेसी पिडित जोयालाई न्याय दिने’ भनेर आवाजचै किन उठाएनन ? जवाफ दिनु पर्दैन ?

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv