Latest Updates :

एकैदिन म्यानमारमा ६.८ र इटालीमा ६.२ म्याग्निच्युडको भूकम्पीय धक्का ,इटालीको भूकम्पमा दशको मृत्यु कैयौँ व्यक्ति बेपत्ता,म्यानमारमा ठूलो मात्रमा क्षति


SHARE THIS POST :

एजेन्सी । म्यानमारमा बुधबार दिउँसो ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु म्यानमारको दक्षिणमा अवस्थित पर्यटकीय गन्तव्य प्राचीन सहर बगानबाट ३० किलोमिटर टाढा चाउक नजिकै रहेको र भूकम्प ८४ किलोमिटर गहिराइबाट गएको यूएसजीएसले बताएको छ ।


भूकम्पका कारण म्यानमारमा रहेका करिब दुई हजार ५०० प्राचीन एवम् पूरातात्विक महत्वका मठ तथा मन्दिरमध्ये प्रायमा क्षति पुगेको बताइएको छ । भूकम्पको धक्का केही मिनेटसम्म भएको र यसबाट धेरै भवनहरुमा क्षति पुगेको अनुमान स्थानीयको भएको चाउकबाट म्यानमारको संसदमा प्रतिनिधित्व गरेका सांसद सो वीनले बताएको छ । उक्त शक्तिशाली भूकम्पपछि ठूला पराकम्पहरु जाने डरमा प्रभावित क्षेत्रका स्थानीयबीच त्रासको बातावरण देखिएको पनि उनले बताए ।

भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंकक, भारतको कलकत्ता, बङ्गलादेशलगायतका एसियाली मुलुकमा महशुस गरिएको बताइएको छ । भूकम्पको धक्का महशुस गरिएपछि भारतीय सहर कलकत्तामा भूकम्पको समय घर तथा अफिसमा रहेका मानिस आतङ्कित बन्दै खुला स्थानतर्फ भागेका थिए ।

भूकम्प पछि आउनसक्ने पराकम्पनलाई मध्यनजर राख्दै भारतको भूमिगत रेल सेवा केही समयका लागि स्थगित गरिएको कलकत्ता मेट्रो रेलमार्ग सेवाका प्रवक्ता इन्द्रेनी बनर्जीले बताए । बङ्गलादेशको राजधानी ढाका र वरपरका क्षेत्रमा भूकम्पको समय त्रसित स्थानीयबीच भागदौड हुँदा कम्तिमा २० जना घाइते भएका बङ्गलादेशबाट प्राप्त खबरमा जनाइएको छ ।

इटालीको भूकम्पमा दशको मृत्यु कैयौँ व्यक्ति बेपत्ता

इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १० पुगेको समाचारमा जनाइएको छ । सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । त के कतिमात्रामा क्षति पुगेको छ भन्ने बारेमा भने अझैपनि यकिन तथ्यांक आउन सकिरहेको छैन ।

एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । उद्वारको कार्य जारी नै रहेकोले क्षतिको पूर्ण विवरण आइ नै रहेको अधिकारीहरुले जनाएका छन् । इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पुर्याएको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउमा नै रहेको बताइएको छ । जसका कारण सो क्षेत्रमा ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ । इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।

यस पटकको भूकम्पको केन्द्रबिन्दु पनि सोही गाउँमा नै परेको छ । सोही क्षेत्रमा केन्द्रबिन्दु भएर आएकोले बुधबार बिहानको भूकम्पबाट पनि सो गाउभरि नै त्रास फैलिएको छ ।

यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । उक्त शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजिवन त्रसित भएको बताइएको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv