तुलसीपुरको ग्वार खोलाले बगाउँदा ज्यान गुमाएका तीन जनाकै सनाखत
ग्वारखोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका तीन जनाकै पहिचान खुलेको छ। बिहीवार दुईजना पुरुष र एकजना महिलाको ग्वारखोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो। बाढीले रा १ त ११४२ नम्वरको ट्याक्टर बगाउँदा त्यसमा सवार तुलसीपुर–१८ निवासी ५३ वर्षीय जितवहादुर नेपाली, तुलसीपुर–१७ खुम्खानीका ७० वर्षीय जुद्धबहादुर विक र रोल्पा झेनाम स्थायी घर भइ हाल दाङ विजौरीको कुटिचौरमा बस्दै आएकी ६५ वर्षीया राजीमा पुन मगरको ग्वारखोलामा आएको बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईँले जानकारी दिए।
घोराही वाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ त ११४२ नम्वरको ट्याक्टर खोलाले बगाउँदा त्यसमा सवार नेपाली सहित थप ६ जनालाई बाढीले बगाएको थियो। बाढीले बगाएका मध्ये ६ जनालाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो। दुई जना घाइतेको उपचार राप्ती अञ्चल अस्पतालमा भइरहेको छ।
घाइते हुनेमा तुलसीपुर नगरपालिका–१५ का २० वर्षीय पुरन विकको अवस्था गम्भिर छ। त्यस्तै तुलसीपुर नगरपालिका–१७ का २८ वर्षीय चतुलाल चौधरीपनि बाढीले ट्याक्टर बगाउँदा घाइते भएका छन्।
Post a Comment