Latest Updates :

खुशीको खबर ! अब एक गोलीबाटै हुनेछ एचआईभीको उपचार .. जनचेतनाको लागि सबैले सेयर गर्नुहोस !!


SHARE THIS POST :

एचआईभी पीडितका लागि एउटा यस्तो औषधि खोज गरिएको छ जसलाई चार वटा औषधि मिलाएर तयार पारिएको छ । यो औषधिको प्रयोग एचआईभी रोगीका लागि सुरक्षित र प्रभावशाली छ ।

क्लिनिकल ट्रायल (परिक्षण)मा पत्ता लाग्यो कि चार औषधिको एक गोली ‘क्वैड’ले तीव्र गतिमा काम गर्छ र सामान्यतयाः प्रयोग गरिने औषधिभन्दा तुलनात्मक रुपमा यसको नकारात्मक असर पनि कम छ । जसले यो औषधिलाई अहिलेसम्मकै उत्कृष्ठ मानिएको छ । एचआईभीका विरामीले औषधि प्रयोग नगर्दा तुरुन्त संक्रमण फैलिने सम्भावना रहन्छ र यसकै कारण अवस्था झन गम्भीर बन्न सक्छ । अंग्रेजी पत्रिका ‘द लांसेट’मा प्रकाशित अन्तर्राष्ट्रिय तहको दुई ठूलो प्रयोगको नतिजाबाट पत्ता लाग्यो कि यो गोली(औषधि) ले उपचारमा महत्वपूर्ण भूमिका निभाउन सक्छ । हार्वर्ड मेडिकल कलेज, ब्रीघम एण्ड वीमेस अस्पतालले गरेको अध्ययनमा पत्ता लाग्यो कि यदि एचआईभी पीडितले औषधिका कैयौ गोलीको ठाउँमा नयाँ पत्ता लागेको ‘क्वैड’ नामक एक गोली मात्रै सेवन गरे संक्रमणबाट बच्न सक्छ । अध्ययनमा एक गोलीको उपचारले विरामीलाई सन्तुष्टि र आराम मिल्ने पनि पत्ता लागेको छ । र यसले शरीरमा कुनै नोक्सानी नगर्ने बताइएको छ । जीलीड साइन्सले ‘एलविटेग्रावीर, कोबीसीस्टेट, एमट्रेसिटाबाइन र टेनोफोविर डिसोप्रोक्सिल फरमेट’बाट यो गोली(औषधि) तयार पारेको हो |

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv